logo
२०८० चैत्र १६ शुक्रवार



पुल निर्माणको काममा ढिलासुस्ती

नोटिस |
खुला |
प्रदेश |


पुल निर्माणको काममा ढिलासुस्ती
त्रिवेणी नगरपालिकाले हिउँदमा सवारी साधान आउजाउ गर्न बूढीगङ्गा नदीमा बनाएको काठे पुल । तस्बिर– शेरबहादुर सार्की



शेरबहादुर सार्की
बाजुरा, फागुन २९ गते । बाजुराको साँफे–मार्तडी लोकमार्ग अन्तर्गत पर्ने बूढीगङ्गा र बाउली खोलामा निर्माण थालेका पक्की पुलको काममा ढिलाइ भएको छ ।पुलको जिम्मा लिएका ठेकेदार कम्पनीले काममा लापरवाही गरेपछि सो पुल निर्माण कार्यमा ढिलाइ भएको हो । बडिमालिका नगरपालिका ६ र ४ को बीच पर्ने तीपाडाको बूढीगङ्गा नदिमा पर्ने ५० मिटर लम्बाइ पुल निर्माणका लागि २०७३ असार ३० गते काष्ठमाडौ मसिना जेबिले काम सम्पन्न हुने गरी ४ करोड ४७ लाखमा जिम्मा लिएको थियो ।
२०७५ असार ३० गते काम सम्मपन्न हुने गरी जिम्मा लिएको सो कम्पनीले छ वर्ष हुँदा पनि पुल निर्माणको काम सम्पन्न गर्न नसकेको बडिमालिका नगरपालिका ६ का स्थानीयवासीले बताएका छन् । गत वर्षामा बाजुरामा गएको बाढीपहिरोको कारण काम गर्न केही समस्या भयो, त्यसैले काम गर्न सकिएन, अहिले हिउँदमा वातावरण सहज भएको छ, काम सुचारु गर्दै आएको काष्ठमाण्डौ जेबिको भनाइ छ ।

पुल निर्माणको जिम्मा लिएको काष्ठमाडौ जेबिले समयमै काम सम्पन्न गर्न नसेकोले त्यलाई एक वर्षको पुन म्याद थपेपछि अबको तीन महिना भित्रै त्यो काम सम्पन्न गरिसक्नु पर्ने सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

त्यसैगरी बडिमालिका नगरपालिकाको बाउली खोलामा निर्माण हुँदै आएको २५ मिटर पक्की पुल निर्माणको काम पनि ढिलाई भएको छ ।
बाउली खोलमा पुल निर्माणको जिम्मा लिएको छ महिना भयो, ६ महिनासम्म जति काम हुनुपर्ने हो त्यति काम नभएको स्थानीयले बताएका छन् ।
२०७८ असोज १५ गते टिडिआर जुगल कौशिख जेबिले २०७९ आफुन १५ गते सम्पन्न गर्ने गरी ४ करोड ९५ लाख १६ हजारमा जिम्मा लिएको हो ।
पुल निर्माणको काम अहिले तीव्र रुपमा भइरहेकोले जिम्मा लिएकै मिति भित्र काम सम्पन्न गरिसक्ने टिडिआर जुगल कौशिख जेबिको भनाइ छ ।

साँफे मार्तडी, कोल्टी लोकमार्गमा पर्ने मुख्य यी ठाउँमा अझै पक्की पुल निर्माण नहुँदा जिल्लाका पूर्वीउत्तर क्षेत्रका चारवटा स्थानीय तहमा हिउँदको महिना सुचारु हुँदै आएका सवारी साधनलाई वर्षामा सदरमुकाम मार्तडीमा आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको हो ।
सदरमुकाम मार्तडीको बाउली खोलामा पक्की पुल निर्माण भएपछि जिल्लाको पूर्विउत्तर क्षेत्रमा चल्दै गरेका ती सवारी साधन त्यसपछि हिउँद वर्र्षामै सुचारु हुन सक्ने बुढीनन्दा नगरपालिका स्थानीय मानबहादुर कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ मार्तडी देखि कोल्टी सम्म हिउँदमा चल्दै आएका जीप ट्याक्टर वर्खाको समय बाउली खोलाका कारण वर्खामा मार्तडीमै रोकिन थालेपछि यहाँका स्थानीयलाई वर्खाको केही महिना खाद्यान सङ्कट हुदै आएको छ ।,,

त्यसैगरी त्रिवेणी नगरपालिका र बूढीगङ्गा नगरपालिकाको बीचमा रहेको बूढीगङ्गा नदीमा पनि झण्डै ५० मिटर लम्बाइ पक्की पुलको डिपीआर भएको एक वर्ष पुगेको छ ।
तर पुल निर्माणको सुरुवात भएको छैन । मौरेमा पुल नहँुदा त्रिवेणी नगरबासीहरुलाई गाउँमा वर्खाको समयमा खाद्यान ढुवानी गर्न निकै सास्ती खेप्दै आउनु परेको छ ।
बूढीगङ्गा नदीमा रहेको झोलुङ्गे पुलले मानिसलाई आउजाउ गर्न सहज बनाएको भएपनि जीप ट्याक्टरलगायतका सवारी साधानलाई भने वर्खा जोखिम मोलेर खोलामा वारपार गर्नु परेको त्रिवेणी नगरपालिका स्थानीय दिनेश नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बूढीगङ्गा नदी बाजुराका सबै नदी भन्दा ठूलो नदी हो, यो नदी हिउँदमा सुकेर सानो हुन्छ, हिउँदमा काठको पुल हालेर आउजाउ गर्न सहज हुन्छ, जब वर्षा लाग्छ नदीमा पानीको बहाव बढ्दै गएपछि अनी सवारी साधान पनि बाम्कामा नै रोन्छिन् । ,,

त्रिवेणीका स्थानीयहरुलाई दाल चामल नून तेललगायतका दैनिक उपभोग्य खाद्यान सामाग्री वर्षामा भरियाद्वारा नै ढुवानी गर्नुपर्ने हुन्छ, जसले गर्दा यहाँका उपभोक्ताहरुले पनि महङ्गीको मार खेप्दै आउनुपरेको स्थानीय व्यापारी दिनेश सार्कीले बताउनुभयो ।

बाजुराको बाउली र तीपाडामा निर्माण हुने पक्की पुल सडक डिभिजनले गर्ने गरेको छ । तीपाडामा निर्माण हुन थालेको ५० मिटर पुल अवको तीन महिना भित्र काम सम्पन्न हुन्छ भने बाउली खोलामा निर्माण हुन थालेको २५ मिटर लम्बाइ पुल सम्पन्न हुन अझै एक वर्ष समय लाग्ने सडक डिभिजन कार्यालय साँफेले जनाएको छ ।
बूढीगङ्गा ६ र ८ को त्रिवेणी नगरपालिकाको बीचमा पर्ने बूढीगङ्गा नदीको मौरेमा डिपीआर भएको पुल भने सडक डिभिजनको अर्को पुल महाशाखाले नै निर्माणको जिम्मा लिएकाले सडक डिभिजन कार्यालय अछामलाई त्यसको कुनै जानकारी नभएको सडक डिभिजन कार्यालय अछामका प्रमुख राजेशकुमार यादबले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?