चौबीस घण्टामा ७३ को कोरोना परीक्षण चार दिनमा एउटा पनि फेला परेन
गोरखापत्र अनलाइन ,
चैत्र १९, २०७६ बुधबार
नेपालमा पछिल्लो समय नयाँ कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएका छैनन । नियमित चार दिनसम्म पनि कोरोना भाइरसका नयाँ संक्रमित नदेखिएको हो ।
यसअघि १५ गते मात्र एकजनामा कोरोना भाइरसको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो परीक्षणमा कुनै व्यक्तिलाई संक्रमण नदेखिएको जानकारी दिनुभयो ।