logo
२०८१ मंसिर १० सोमवार



पूर्वमन्त्री बाँस्कोटाद्वारा स्वास्थ्य सामग्री सहयोग

फिचर |


पूर्वमन्त्री बाँस्कोटाद्वारा स्वास्थ्य सामग्री सहयोग



मधुसुधन तिमल्सिना
काभ्रे, चैत २९ गते । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले जिल्लाका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ । कोरोना भाइरसको जोखिम बढ्न थालेपछि पुर्व मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तह मार्फत अस्पताल तथा स्वास्थ्य संस्थामा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, स्यानिटाइजर र सर्जिकल माक्स उपलब्ध गराउनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय बिद्यार्थी युनियनका केन्द्रीय सदस्य शालिकराम पराजुलीले पूर्वमन्त्री बाँस्कोटाले पठाएका स्वास्थ्य सामग्री जिल्लाका १३ वटै स्थानीय तह मार्फत हस्तान्तरण भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार १९५ पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट), २५० मिलीटिलरको २२९ स्यानिटाइजर र चार हजार सर्जिकल मास्क उपलब्ध गराउनुभएको थियो ।
पराजुलीले बाँस्कोटा मार्फत यसअघि छ स्थानीय तहका लागि ९८० स्यानिटाइजर र ८५० सर्जिकल मास्क स्थानीय तहलाई उपलब्ध गराएको जानकारी दिनुभयो । पूर्व मन्त्री बाँस्कोटाबाट आएका स्वास्थ्य सामग्री नेकपा निकट राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियु काभ्रेपलाञ्चोकले स्थानीय तहका जनप्रतिनिधिलाई उपलब्ध गराउँदै आएका छन ।

त्यसैगरी प्रतिनिधिसभा सांसद गंगाबहादुर दोङले पनि १६ सय माक्स तीन स्थानीय तहलाई उपलब्ध गराउनुभएको थियो । जिल्लाको विकट खानीखोला गाउँपालिका, पनौती नगरपालिका, र बेथानचोक गाउँपालिकालाई क्रमस ८००, ६०० र २०० माक्स उपलब्ध गराउनुभएको थियो । दोङले बाँकी रहेका स्थानीय तहलाई पनि सहयोग गर्ने बताउनुभयो ।
प्रदेश सांसद हुमागाईले तीन महिनाको तलब कोरोना भाइरस नियन्त्रणमा


काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधसभा क्षेत्र न २ को ख बाट निर्वाचित बाग्मती प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले प्रदेश सभाबाट पाउने आफ्नो तीन महिनाको तलब कोरोना भाइरस नियन्त्रणका राख्नुभएको छ । उहाँले एक महिनाको तलब प्रदेश राहत कोषमा जम्मा गर्नुभएको छ भने बाँकी दुई महिनाको तलब चार स्थानीय तहको विपद् व्यवस्थापन कोषमा जम्मा गर्नुभएको छ ।
सांसद हुमागाईले मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा २५÷२५ हजार विपद् कोषमा जम्मा गरेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?