logo
२०८१ मंसिर १२ बुधवार



नागिलाद्धारा ९० परिवारलाई राहत प्रदान

प्रदेश |


नागिलाद्धारा ९० परिवारलाई राहत प्रदान


अमरराज नहर्की
शिसाघाट (तनहुँ), वैशाख १० गते । तनहुँका एक समाजसेवीले व्यक्तिगत खर्चमै ९० घर परिवारलाई राहत प्रदान गर्नु भएको छ । व्यास नगरपालिका–६ शिसाघाट स्थायी घर भई हाल पोखरामा स्वास्थ्य क्षेत्रमा व्यवसाय गर्नुहुने समाजसेवी अर्जुन नागिलाले सहयोग गर्नु भएको हो । शिशाघाट र यस आसपासमा रहेका न्युन आय स्तर भएका अधिकांश जनजाति र दलित बस्तीमा लक डाउन भएको एक महिना बितिसक्दा पनि राहत नपुगेपछि निराश भएका जनता राहत पाएपछि खुसी भएका छन् ।

त्यसक्षेत्रका ५२ जनजाति, ३५ दलित र तीन ब्राह्मण घरपरिवारलाई चामल, नुन,तेल लगायतका गरी खाद्यन्न उपलव्ध उहाँले राहत बितरण गर्नुभएको हो । राष्ट्रिय भूपु सैनिक तथा प्रहरी सङ्गठनका जिल्ला अध्यक्ष समेत रहनुभएका नागिला गाउँका मानिसहरुले राहत नपाएर भोकै बस्नु पर्ने अवस्था आएको खबर सुनेपछि आफै राहत लिएर आएको बताउनुभयो । चामल,दाल,नुन तेल, केराउ ,चिउरा, साबुन लगायतका गरी एक लाख ५० हजार बराबरको राहत सहयोग गरेको वडा सदस्य तथा शिसाघाट निवासी ढालप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

‘वडाले बितरण गरेको राहत नपाएका परिवारलाई एक द्धार प्रणाली अनुसार वडालाई राहत हस्तान्तरण गरी वितरण गरिएको वडाले जनाएको छ । राहत सामग्रीको मङ्गलबार वडा अध्यक्ष सुर्यभक्त भण्डारीलाई हस्तान्तरण गरि बुधबार घर÷घरै पु¥याईएको छ । राहत सामग्री पोखराबाट ल्याएर घर÷घरै पु¥याउने काम शिसाघाट स्थित आले फर्निचरका सञ्चालक केशरबहादुर आले निशुल्क ढुवानी गरी घर÷घरै पु¥याईदिनु भएको शिसाघाट स्थित माझटोल विकास समितिका अध्यक्ष मानसुब्बा दुराले जानकारी दिनुभयो ।

शिसाघाट अधिकांश सुकुम्बासी र न्युन आय स्तरका भएका र राहत पाएपछि खुसी भएको शिक्षक समेत रहनु भएका शुकबहादुर परियारले जानकारी दिनुभयो । समाजसेवी नागिला शिसाघाट निवासी स्वर्गिय नेत्रप्रसाद नागिलाको सुपुत्र हुनुहुन्छ । उहाँको पिता नेत्रप्रसाद साविक श्याम्घा गाविसको पूर्व उपाध्यक्ष हुनुहुन्थ्यो । यसैबीच समाजसेवी नागिलाले श्याम्घा स्वास्थ्य चौकी सेवा केन्द्र, शिसाघाट आर्युवेद औषधालय, शिसाघाट प्रहरी चोकीलाई चार थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई),सेनीटाईजर एक÷एक पोका माक्स र २५ पिस ग्लब्स एक कार्यक्रमबीच हस्तान्तरण गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?