logo
२०८१ मंसिर १२ बुधवार



लकडाउनमा निःशुल्क खाना

प्रदेश |


लकडाउनमा निःशुल्क खाना


लक्ष्मण पौडेल

भैरहवा, बैशाख १५ गते । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथामको लागि सरकारले लकडाउनको घोषणा गरेपछि त्यसको प्रत्यक्ष मारमा विपन्न नागरिक परेका छन् । अहिले सबै ठाउँका होटलहरु बन्द हुँदा अस्पतालमा उपचार गराइरहेका विरामी र विरामी कुरुवा पनि प्रभावित भएका छन् ।

लकडाउनका कारण घरबाट खाना अस्पतालसम्म पु-याउन पनि समस्या छ । यही अवस्थालाई मध्यनजर गर्दै पक्लिहवा निवासी समाजसेवी शान्तिदेवी राई तथा हाल अमेरिका रहनुभएका विद्या राई, विमा राई, प्रेरणा राई र रीमा राईको सहयोगमा निःशुल्क खाना खुवाइएको छ । नयाँगाउँ–रानीगाउँ युवा समाज पक्लिहवाले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज परिसरमा गरीब, विपन्न परिवार, उपचाररत बिरामी, बिरामी कुरुवा र अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई निःशुल्क खाना खुवाएको समाजका सुशिल गुरुङले बताउनुभयो ।

समाजले अहिलेसम्म करिव १५ सय जनालाई खाना खुवाएको मेडिकल कलेजका जनसम्पर्क अधिकृत समेत रहनुभएका गुरुङले बताउनुभयो । निःशुल्क खाना खुवाउने कार्यक्रमलाई लकडाउनको अवधिमा निरन्तरता दिइने समाजसेवी याम बहादुर थापाले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?