गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १९ गते । ललितपुर जिल्लामा एकदिने कर्फ्युसहित उपत्यकामा जारी निषेधाज्ञाको क्रममा राजधानीकाे बसन्तपुरमा नेपाल प्रहरीले बिना काम घरबाहिर निस्केकालाई होल्डिङमा राखेका छन् ।
केही महिनाको लकडाउनपछि पुनः भदौ ३ गतेदेखि शुरु भएको निषेधाज्ञा कारण जनजीवन ठप्प रहेको बेला कोरोना महामारीलाई बेवास्ता गरेर घरबाहिर निस्कने प्रवृत्ति बढेपछि बसन्तपुरमा यस्तो कार्य गरिएको हो ।
होल्डिङमा भौतिक (सामाजिक) दूरी कायम गरेर कोरोना भाइरसको महामारीबारे जनचेतनामूलक प्रशिक्षण नेपाल प्रहरीले ती व्यक्तिहरूलाई दिएको थियो ।
फोटो–सुजन गुरुङ (गोरखापत्र)