logo
२०८१ बैशाख १७ सोमवार



प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास

स्वास्थ्य |
राष्ट्रिय |


प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास



हरिप्रसाद कोइराला
सुन्दरहरैचा (मोरङ), माघ १९ गते । संकृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले मोरङको सुन्दरहरैचा–११ कर्जुनामा प्रदेश नं. १ स्तरीय प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास गर्नुभएको छ ।
सङ्घीय सरकारले सातै प्रदेशमा एक/एक वटा सरुवा रोग अस्पताल बनाउने योजना सरकारको नीति तथा कार्यक्रम तय गरे अनुसार प्रदेश नं. १ मा सोमबार सरुवा रोग अस्पतालको शिलान्यास गरिएको हो ।
अस्पतालको शिलान्यास गर्दै मन्त्री ढकालले टेकु अस्पतालका ३ सय वेडले मात्र नधान्ने भएपछि सातै प्रदेशमा ल्याव सहितको सरुवा रोग अस्पताल निर्माणमा सरकार लागेको बताउनु भयो ।
उहाँले प्रदेश सरकारको सहकार्यमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा अस्पताल निर्माण हुने बताउनु भयो । स्वास्थ्यलाई संविधानको मौलिक हकमा राखेपछि सबैको पहुँचमा स्वास्थ्य सेवा पु¥याउन सरकार कटिबद्ध भएको मन्त्री ढकालको भनाई थियो ।
अस्पताल निर्माणका लागि चाल वर्ष ८ करोड रुपियाँ विनियोजन भएको उल्लेख गर्दै मन्त्री ढकालले २५ करोड रुपियाँको लागतमा सुविधा सम्पन्न अस्पताल निर्माण हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो ।
उहाँले आफू मन्त्री रहे पनि नरहे पनि अस्पताल निर्माणको प्रक्रिया नरोकिने बताउँदै १ नं. प्रदेशको प्रादेशिक सरुवा रोग अस्पताल १ नं. र नमुना बन्ने दाबी गर्नुभयो । अस्पताल प्रारम्भिक चरणमा ५० शैयाको हुने र विस्तारै स्तरोन्नति गर्दै लगिने मन्त्री ढकालले बताउनुभयो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो सुविधा सम्पन्न स्वास्थ्य प्रतिष्ठानले प्राविधिक सहयोग गर्ने भएकोले यसको निर्माणमा कुनै समस्या नआउने मन्त्री ढकाले बताउनुभयो ।
उहाँले सुन्दरहरैंचा कै १२ नं. वडामा रहेको स्वास्थ्य चौकीलाई ट्रमा सेन्टरको रुपमा विकसित गर्न सरकारले ५० लाख रुपियाँ विनियोजन गरिसककेो उल्लेख गर्नुभयो ।
चुनाव आएपछि जनतालाई सिटामोल बाँडेर भोट फकाउने भन्दा आधारभूत स्वास्थ्यको दिगो ब्यवस्थाबाट मात्र नागरिकको स्वास्थ्य सरक्षा ग्यारेन्टी हुने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?