logo
२०८१ असोज ७ सोमवार



सामुदायिक विद्यालयका कक्षा ८ मा पढ्ने सबै छात्रालाई साईकल दिइने–मुख्यमन्त्री

शिक्षा |
प्रदेश |


सामुदायिक विद्यालयका  कक्षा ८ मा पढ्ने सबै छात्रालाई साईकल दिइने–मुख्यमन्त्री



दिपकप्रसाद गौतम
वीरगञ्ज , साउन ८ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका आठै जिल्लामा रहेका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत सबै छात्रालाई साईकल दिइने बताउनुभएको छ ।
वीरगञ्जको त्रिजुद्ध महाबिर प्रसाद रघुविर राम माध्यमिक विद्यालयमा आयोजित साईकल वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउत गद्दीले प्रदेशका आठै जिल्लामा रहेका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत सबै छात्रालाई साईकल दिईने बताउनु भएको हो ।
साईकल वितरण कार्यक्रममा त्रिजुद्ध महाबिर प्रसाद रघुविर राम माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १ सय ६ जना छात्रालाई साईकल वितरण गरिएको थियो । कार्यक्रममा उहाँले भन्नु भयो यो प्रदेशमा जन्मिएका छोरीको अब प्रदेश सरकारले तीन लाखको बिमा गर्नेछ । जुनसुकै समुदायमा जन्मिएपनि जन्मिने सबै छोरीहरुलाई बिमा गरिने छ । प्रदेश सरकारले ठूलो बजेट खर्च गर्ने गरी बिमाको थालली गरेको हो ।
छोरी शिक्षा बिमा केही समयको लागि रोकिएको थियो , बिमाको लागि बैकसंग २ वर्षको सहमती भएकोमा २ बर्षे अवधी पूरा भएपछि पुन सम्झौता हुन नसकेको र बजेट कोभिडतिर लगिएकाले त्यस्तो समस्या सृजना भएको हो । सुरुमा हामीले साढे ७ हजार छोरीहरुको बिमा गरिसकेका थियौं , अब बाँकी रहेका त्यस समय यता जन्मिएका सबै छोरीको बिमा गरिने उहाँले बताउनु भयो ।
आगामी १५ वर्षमा प्रदेशमा सबै क्षेत्रमा महिलाको ५० प्रतिशत उपस्थिती रहने उहाँले दाबी गर्नु भयो । कसरी महिलाहरुलाई ५० प्रतिशत आरक्षण सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा प्रदेशका आठै जिल्लामा प्रतिस्पर्धी बनाउने उपायका बारेमा तयारी भईरहेको बताउनु भयो ।
लोकसेवाको कक्षा सञ्चालन गर्ने कार्यक्रमसमेत प्रदेश सरकारले ल्याएको तर कोभिडका कारण भौतिक उपस्थितीमा गर्न सम्भव नभएको र अहिले अनलाईन कक्षा चलिरहेको उहाँले जानकारी दिनु भयो । दलित तथा गरिब परिवारका छोरीहरुलाई प्राविधिक शिक्षाको लागि प्रदेश सरकारले सहयोग गर्ने बताउदै महिलालाई सक्षम बनाउने कार्यमा प्रदेश सरकार लागि परेको बताउनु भयो ।
साईलक वितरण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी , जिल्ला समन्वय समितीका सभापति नेक महमद मियाँ , प्रदेशसभासद एंव खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्मा , विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक अभिभावक लगायतको उपस्थिती रहेको थियो ।
वीरगञ्जको त्रिजुद्ध महाबिर प्रसाद रघुविर राम माध्यमिक विद्यालयमा स्थापना गरिएको पुस्तकालयको पनि मुख्यमन्त्री राउतले शुक्रबार नै उदघाट्न गर्नु भएको थियो । त्यस्तैगरी मुख्यमन्त्री राउतले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा भएका विकास निमार्णका कामहरुको पनि स्थलगत अनुगमन गर्नु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?