logo
२०८० चैत्र १५ बिहीवार



नेपालको राजनीति दुई ध्रुवमा विभाजित छः नेता ढकाल

प्रदेश |
राष्ट्रिय |


नेपालको राजनीति दुई ध्रुवमा विभाजित छः नेता ढकाल
फाइल तस्विर


चितवन चैत ५ गते । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व काँग्रेसले गरिरहेको बताउनुभयो ।

अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताउँदै उहाँले भन्नुभयो, “केही च्याँखे थाप्ने र दाउपेच हेर्ने बाँकी रहे पनि राजनीति दुई ध्रुवमा बाँडिन्छ ।” अब हुने स्थानीय तहको निर्वाचन र त्यसपछिको प्रदेश तथा सङ्घीय निर्वाचनको परिणामले त्यसलाई प्रष्ट पार्ने उहाँको भनाइ छ ।

स्थानीय तहको निर्वाचन एमालेको दबाबका कारण समयमै हुन लागेको भन्दै उहाँले निर्वाचन नगर्न विभिन्न षड्यन्त्र भएको आरोप लगाउनुभयो । निर्वाचनको समयमा जनप्रतिनिधिविहीन बनाउन नहुने तर्क गर्दै उहाँले भन्नुभयो, “सङ्घीयमा निर्वाचन हुँदा सरकारविहीनको कल्पना गर्न सकिँदैन, त्यसैगरी स्थानीय तह पनि रित्तो हुनुहुँदैन ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?