logo
२०८१ बैशाख १४ शुक्रवार



स्वरोजगार कोषद्वारा १३७ लाई व्याज अनुदान वितरण

प्रदेश |
राष्ट्रिय |


स्वरोजगार कोषद्वारा १३७ लाई व्याज अनुदान वितरण


सिराज खान
नेपालगञ्ज, चैत १६ गते । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत धेरै बेरोजगार युवालाई विभिन्न उद्यममा लगाएर स्वरोजगार बनाउने काम गरिरहेको बताउनुभएको छ ।

बाँकेको कोहलपुरमा युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले बुधवार आयोजना गरेको व्याज अनुदान वितरण कार्यक्रममा ब्याज अनुदान वितरण गर्दै मन्त्री गहतराजले आर्थिक विकासका लागि स्वरोजगार र उद्यमशील बन्नु अपरिहार्य भएको बताउनुभयो ।

कोषले गरेको लगानीबाट देशभरिका धेरै युवाले रोजगार पाएको बताउँदै सरकारले सो कार्यक्रमलाई बढाउँदै लैजाने योजना बनाएको बताउनुभयो । युवालाई विभिन्न उद्यममा लगाएर स्वरोजगार नबनाएसम्म देशको आर्थिक अवस्था सुदृढ नहुने र बेरोजगारी समेत समाप्त नहुने हुँदा सरकारले युवालाई स्वरोजगार बनाउने कार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री गहतराजले बाँकेका चारवटा सहकारी संस्थाका १३७ जना युवालाई ब्याज अनुदान फिर्ता गर्नुभयो ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा गृहणी बहुउद्देश्यीय सहकारी संस्था नेपालगञ्ज, सृजना कृषि सहकारी संस्था कोहलपुर, गंगा जमुनी कृषि सहकारी संस्था कोहलपुर र सिद्देश्वरी बहुउद्देश्यीय सहकारी संस्था राप्तीसोनारीमा आवद्ध १३७ जनालाई १८ लाख रुपियाँ ब्याज अनुदान वितरण गरिएको हो ।

युवालाई यसअघि सहकारी संस्था मार्फत युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ऋण लगानी गरेकोमा उहाँहरुले राम्रो प्रगति गरेर देखाएकाले कोषले ६० प्रतिशत व्याज अनुदान फिर्ता गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक अधिकारीले बताउनुभयो । व्याज अनुदान फिर्ता पाएपछि झनै राम्रो काम गर्ने उत्साह युवामा थपिएको बताउनुभयो ।

लुम्बिनी प्रदेशका पुर्व कृषि सहकारीमन्त्री आरती पौडेल, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत लगायतले युवा तथा साना व्यवसायी स्वरोजगार कोषले युवालाई स्वरोजगार बनाउन अहम भूमिका निर्वाह गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?