logo
२०८१ बैशाख १३ बिहीवार



एमालेमा देशव्यापी आकर्षण : अध्यक्ष ओली

प्रदेश |
राजनीति |


एमालेमा देशव्यापी आकर्षण : अध्यक्ष ओली


गोविन्द शर्मा
बाँके, चैत १७ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पक्षमा देशव्यापी आकर्षण देखिएको बताउनुभएको छ । “सत्तारुढ दलले गठबन्धन बनाए पनि एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन,” नेपालगञ्जमा बिहीवार बिहान पार्टीका अगुवा नेता कार्यकर्तासँगको छलफलमा अध्यक्ष ओलीले भन्नुभयो । “गठबन्धन हुन्छ हुँदैन भन्दा पनि एमालेलाई जिताउन तपाईहरु लाग्नुस्” उहाँले कार्यकर्तालाई निर्देश गर्नुभयो ।


अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले लिएको आर्थिक विकास र समृद्धिको अभियान नेपाली जनताले मन पराएको बताउनुभयो । यसअघिको कामलाई पूर्णता दिन स्थानीय तह निर्वाचन एमालेले जित्नुपर्ने उहाँले बताउनुभयो ।

पार्टीका अगुवा नेता कार्यकर्तालाई निर्देशन दिदै अध्यक्ष ओलीले भन्नुभयो, “पार्टीलाई जिताउन अहिलेदेखि वडा र टोेलमा खटिनुहोस् ।” सङ्घ र प्रदेशको निर्वाचनमा एमाले विजयी हुने भएकाले अहिले हुने स्थानीय तहको निर्वाचनमा समेत एमालेलाई पहिलो शक्ति बनाउन कार्यकर्ता खटिनुपर्ने उहाँको भनाइ छ ।

सो अवसरमा अध्यक्ष ओलीले नेपाली काँग्रेसका नेत्री नन्दा घिमिरे, सुनचाँदी व्यवसायी सन्तोष लखेर लगायतलाई अध्यक्ष ओलीले पार्टीमा प्रवेश गराउनुभएको एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?