logo
२०८१ मंसिर ११ मंगलवार

  आठ भारतीय पर्यटककाे मृत्यु अपडेट 



राती नौ बजे होटल पुगेका थिए ,बाँकी सात जना बसबाट फर्किए

पढ्नै पर्ने |
खुला |


राती नौ बजे होटल पुगेका थिए ,बाँकी सात जना बसबाट फर्किए


राममणि दाहाल
हेटौँडा, माघ ७ गते । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अबस्थामा फेला परेका आठ जना भारतीय पर्यटक सोमबार राति ९.०० वजे बास बस्न होटल पुगेका थिए ।
उनीहरुलाई मङ्गलबार विहान अचेत अवस्थामा पाइपछि हेलिकोप्टरबाट उद्दार गरी उपचारका लागि काठमाडौँको एक अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
अर्को कोठामा सुतेका पर्यटकहरु सकुशल रहेका छन् । कोठामा झ्याल ढोका बन्द गरी हिटर बालेर सुतेकाले घटना भएको हुनसक्ने अनुमान गरिएको छ, ।
दामन–पालुङ घुम्न आएका उनीहरु रिसोर्टको कटेजमा बसेका थिए । अन्य सात जना भारतीय पर्यटक बसबाट काठमाठौँका लागि प्रस्थान गरेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिनुभयो ।
घटनास्थल पुग्नु भएका तामाङले भन्नुभयो, घटनाको असुसन्धान गर्दै छौ । सो घटनामा मृत्यु हुनेमा भारत केरलाका २८ वर्षीय रन्जित कप, ३४ वर्षीया ईन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, पाँच वर्षीय अभी, सात वर्षीया अर्चना, ५ बर्षीय बैशनव र नौ वर्षीया बन्द्रा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भारतको केरलाबाट पोखरा हुँदै दामन–पालुङ क्षेत्र घुम्न १५ जनाको टोली बा.३ क.३६८८ नं. को बसमा आएका थिए ।
चार वटा कोठा बुक भारतीय पर्यटकले लिएकोमा एउटा कोठामा हिटर बालेर सुतेको र निस्सासिएर अचेत भएको हुनसक्ने अनुमान गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।
एउटा कोठामा सुतेका आठ जना बेहोस अवस्थामा रहेको विहान ९ः३० वजेको समयमा प्रहरीमा खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीले बेहोस अवस्थामा पाइएको थियो । बेहोस अवस्थामा पाइएपछि उनीहरुलाई हेलिकप्टरबाट काठमाडौँको हेम्स अस्पतालमा पठाइएको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । उहाँले भन्नुभयो, अस्पताल पु¥याएपछि अस्पतालले मृत घोषणा ग¥यो ।
एभरेष्ट पानोरमा रिसोर्ट त्रिभुवन राजपथको हेटौँडा–नौबिसे सडक खण्डमा पर्ने समुन्द्र सतहबाट २४८८ मिटर उचाइमा रहेको सिमभञ्ज्याङ्ग बजारबाट उत्तरतर्फ केही तल रहेको छ ।

 याे पनि पढ्नुहाेस् 

निसास्सिएर आठ पर्यटकको मृत्यु (मृतक पर्यटकको सनाखत)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?