चन्दाको पासोमा पर्दै विप्लव समूह
गोरखापत्र अनलाइन ,
पुष १९, २०७६ शनिबार
एकपछि अर्को गर्दै निरन्तर राजनीतिक विभागमा कार्यरत नेताहरुको गिरफ्तारीबाट कमजोर बन्दै गएको प्रतिवन्धित विप्लव समूहले प्रदेश १ मा यतिबेला चन्दा संकलनलाई तीब्र बनाएको छ । कमजोर संगठनलाई आर्थिक स्रोतको माध्यमबाट सुदृढ गर्ने प्रयत्न स्वरुप जिल्लामा कोटा निर्धारण गरेरै चन्दा उठाइरहेका छन् । चन्दा संकलनका लागि झापा, मोरङ र सुनसरी उनीहरुको पहिलो रोजाइमा परेको सूचना सुरक्षा निकायले फेला पारेको छ ।