पाँच रुपियाँमा खाना एक रुपियाँमा बास !
गोरखापत्र अनलाइन ,
पुष २२, २०७६ मंगलवार
सडक बालबालिकालाई लक्ष्य गरी निःशुल्क सामूहिक खानाको व्यवस्था गर्दै आएका युवाले समस्या परेकालाई एक रुपियाँमै बासको व्यवस्था मिलाउने भएका छन् । उनीहरूले बढीमा पाँच रुपियाँ दिन सक्नेका लागि पाँच रुपियाँ खानाका लागि र बस्नका निम्ति एक रुपियाँ भने उठाउने गरेका छन् ।