च्छो–रोल्पा क्षेत्रमा भेटियाे दुर्लभ हिउँचितुवा
गोरखापत्र अनलाइन ,
पुष २०, २०७६ आईतवार
गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने दोलखाको गौरीशंकर गाउँपालिकास्थित प्रसिद्ध च्छोरोल्पा हिमतालमा दुर्लभ हिउँ चितुवा देखा परेको छ । गाउँपालिकाको वडा नम्बर–९ स्थित रोल्वालिङ उपत्यकामा संचालित क्यामेरा ट्रयापिङबाट उक्त उपत्यकाको प्रसिद्ध च्छो–रोल्पा हिमताल क्षेत्रमा हिउँ चितुवा रहेको प्रमाण फेला परेको हो ।