पक्राउ परेका १२२ चिनियाँलाई पाँच दिन थुनामा राख्न अनुमति
गोरखापत्र अनलाइन ,
पुष ८, २०७६ मंगलवार
शंकास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा पक्राउ परेका छजना महिला सहित १२२ चिनियाँ नागरिकमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंँले मंगलवार पाँच दिनको म्याद थप गरेको छ ।
प्रहरीले उनीहरुमाथि अभद्रव्यवहार मुद्दा अन्तरर्गत अनुसन्धान शुरु गरेको छ । अभियुक्तहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौँ, महानगरीय प्रहरी वृत्तहरू बालाजु, सोह्रखुट्टे, महाराजगन्ज र दरवारमार्गको प्रहरी हिरासतमा राखिएको छ ।