१. अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस कहिले मनाइन्छ ?
डिसेम्बर १८ ।
– संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २००० डिसेम्बर ४ मा डिसेम्बर १८ लाई विश्व आप्रवासन दिवसका रूपमा मनाउने निर्णय गरेको ।
– सन् १९९० डिसेम्वर १८ का दिन राष्ट्रसङ्घले आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको । सो महासन्धि सन् २००३ जुलाई १ बाट कार्यान्वयनमा आएको ।
– सन् २०१९ डिसेमबर १८ मा अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस नेपालमा ‘सीप र रोजगार, आर्थिक समृद्धिको आधार’ राष्ट्रिय नाराका साथ मनाइएको ।
२. पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई इस्लामावादको विशेष अदालतले कहिले मृत्युदण्डको सजाय सुनाएको हो ?
सन् २०१९ डिसेम्बर १७ ।
– तीनजना न्यायाधीशको इजलासले उहाँलाई राष्ट्रद्रोहीको अभियोगमा सजाय सुनाएको हो । सन् २०१३ देखि यो मुद्दा मुल्तवीमा थियो । सन् १९९९ मा रक्तपातरहित सैनिक विद्रोहबाट सत्ता कब्जा गर्नुभएका मुसर्रफले सन् २००१ देखि २००८ सम्म राष्ट्रपतिको हैसियतमा सेवा गर्नुभएको थियो । सन् २०१६ मा स्वास्थ्य उपचारका लागि विदेश जाने अनुमति पाएपछि पाकिस्तान छोड्नुभएका उहाँ अहिले दुबईमा हुनुहुन्छ । उहाँविरुद्ध लगाइएको अभियोग सन् २००७ मा उहाँले संविधान निलम्वन गरेको घटनासँग सम्बन्धित छ । सन् १९९८ मा मुसर्रफले पाकिस्तानी सेनाको नेतृत्व लिनुभएको थियो ।
– मुसर्रफलाई देशद्रोहको मामिलामा दोषी ठह¥याउँदै मृत्युदण्ड सुनाएकोमा पाकिस्तानी सेनाले आपत्ति जनाएको छ । कुनै पूर्वसैन्यप्रमुखलाई देशद्रोहको मामिलामा दोषी ठह¥याइएको र मृत्युदण्ड सुनाइएको पाकिस्तानको इतिहासकै यो पहिलो हो । मुसर्रफको टोली अदालतको यो फैसलाविरुद्ध सर्वाेच्च अदालतमा जाने तयारी गरिरहेको छ । यदि सर्वाेच्च अदालतले पनि यो फैसलालाई कायम राखे राष्ट्रपतिले मात्र संवैधानिक अधिकारअन्तर्गत मृत्युदण्ड माफ
गर्न सक्नेछन् ।
३. नेपालमा सरकारीस्तरबाट चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र कहाँ स्थापना गर्न थालिएको छ ?
इलामको कन्याम ।
(केन्द्र स्थापनाका लागि प्रदेश १ सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सूर्याेदय नगरपालिकाबीच सम्झौता भएको ।)
४. प्रहरी र सरकारी वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा कहिले सम्पन्न भयो ?
विक्रम संवत् २०७६ पुस ४–६ ।
– नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलनले ३३बुँदे घोषणापत्र जारी गरेको ।
– सुदृढ फौजदारी न्याय प्रशासनको माध्यमबाट मुलुकमा दण्डहीनताको अन्त्य गरी पीडितलाई न्याय र कसुरदारलाई सजाय दिलाउन अनुसन्धानकर्ता र अभियोजनकर्ताले व्यावसायिक रूपमा कार्यसम्पादन गर्नुपर्ने र आपसी समन्वय र सहकार्यबाट मात्र वैज्ञानिक प्रमाणमा आधारित निष्पक्ष अनुसन्धान एवम् अभियोजन सम्भव हुने मान्यता घोषणापत्रले लिएको । साथै नागरिक स्वतन्त्रताको संरक्षण गर्ने, पीडितको न्यायसम्मको पहुँच सहज बनाउने, समाजमा शान्ति सुव्यवस्था कायम राखी सभ्य समाज निर्माण गर्ने आधारभूत दायित्वलाई फौजदारी न्याय प्रणालीभित्र अझ बढी संस्थागत हुनुपर्ने मान्यतालाई विशेष रूपमा उठाइएको ।
– त्यस्तै, जघन्य, सङ्गठित एवम् जटिल अपराधको अनुसन्धान गर्न अपनाइने अन्डरकभर अपरेसन, कन्ट्रोल डेलिभरी, दूरसञ्चार अभिलेख र विशेष प्रक्रियाबाट गरिने प्रमाणको सङ्कलनका विषयमा वैयक्तिक स्वतन्त्रता र गोपनीयताको अधिकारको संवैधानिक व्यवस्थाको सम्मान गर्दै अन्य मुलुकका अनुसन्धान निकायले समेत प्रचलनमा ल्याएका असल अभ्यासलाई प्रयोगमा ल्याउन नीतिगत, कानुनी र प्रविधिगत प्रबन्ध हुने कुरा पनि
घोषणापत्रमा समेटिएको ।
५. फोब्र्सद्वारा सन् २०१९ डिसेम्बरमा सार्वजनिक आगामी दशकको सुरुवात (सन् २०२०) मा घुम्नैपर्ने दस देशको सूचीमा नेपाल कुन स्थानमा रहेको छ ?
पहिलो ।
(फोब्र्सले नयाँ दशकको सुरुवातमा घुम्नुपर्ने देशका रूपमा तयार पारेको ‘बकेट लिस्ट’ मा नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको छ । ‘एड्भेन्चर’ देखि गुणस्तरीय पर्यटनसँग सम्बन्धित रहेर छवटा महादेशमध्ये फोब्र्सले १० वटा देश यो सूचीमा राखेको हो । विश्वकै चर्चित ‘एड्भेन्चर’ गन्तव्य सगरमाथा, सानो क्षेत्रफल भएको देशमा पनि फरक किसिमको भौगोलिक विविधताको अनुभव, चितवन र बर्दियाको सफारी क्याम्पजस्ता अद्भुत अनुभव, छिनमै बदलिने मौसम अनुभव गर्दै हिमाली क्षेत्रतर्फको ट्रेकिङ, योग ध्यानको उद्गमस्थलजस्ता कुरालाई फोब्र्सले निकै महŒवका साथ प्रस्तुत गरेको छ ।)
६. संयुक्त राष्ट्रसङ्घीय ‘थिङ्क ट्याङ्क’ को सचिवालय कहाँ छ ?
मङ्गोलिया ।
७. बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी क्षेत्रको प्रयास (बिम्स्टेक) को पाँचौँ सम्मेलन कहिले र कहाँ हुने भएको छ ?
सन् २०२०, श्रीलङ्का ।
८. सन् २०१९ जनवरी १ देखि २०२० डिसेम्बर ३१ सम्मको अवधिका लागि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद््मा छनोट भएका अस्थायी सदस्य राष्ट्र
कुन–कुन हुन् ?
जर्मनी, बेल्जियम, डोमिनिकन रिपब्लिक, इन्डोनेसिया र दक्षिण अफ्रिका ।
९. वाणिज्य क्षेत्रमा सीआईपीको पूरा रूप के हुन्छ ?
कमर्सियल्ली इम्र्पोटन्ट पर्सन ।
१०. नेपालमा पर्यटक प्रहरीको व्यवस्था कहिलेदेखि भएको हो ?
विसं २०३५ ।
११. नेपालमा व्यावसायिक शिक्षाको सुरुवात गर्ने राजा को हुन् ?
जयस्थिति मल्ल ।
१२. नेपालमा आमाको नामबाट नागरिकता प्रदान गर्न सकिने व्यवस्था कहिले देखि भएको हो ?
विसं २०६३ मङ्सिर १० ।
१३. दक्षिण एसियाली राष्ट्रअन्र्तगतको साप्टा अनुमोदन गर्ने पहिलो राष्ट्र कुन हो ?
नेपाल ।
१४. बुटवल उपमहानगरपालिकालाई सडक मानवमुक्त कहिले घोषणा गरियो ?
विसं २०७६ पुस ५ ।
(सडकपेटी र सार्वजनिकस्थलमा रहेका सहयोगापेक्षी वृद्धवृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले सो घोषणा गरिएको ।)
१५. नेपालमा हाल (२०७६ मङ्सिर मसान्तसम्म) क, ख, ग, घ वर्गका बैङ्क तथा वित्तीय संस्था कति रहेका छन् ?
क्रमशः २७, २५, २२ र ९१ ।
(एक पूर्वाधार विकास बैङ्क रहेको)
– नेपाल राष्ट्र बैङ्कबाट हालै प्रकाशित तथ्याङ्कअनुसार २०७६ कात्तिक मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या नौ हजार
२२३ रहेको ।
– राष्ट्र बैङ्कले प्रकाशन गरेको आब २०७६÷०७७ को पहिलो चार महिनाको तथ्याङ्कअनुसार २०७६ कात्तिक मसान्तसम्म कुल ७५३ स्थानीय तहमध्ये ७४१ तहमा वाणिज्य बैङ्कका शाखा विस्तार भएका ।
१६. प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?
दोलखा ।
– सुन्द्रावती सेतीदेवी मन्दिरआसपास रहेको पहराको एउटै ढुङ्गामा सातवटा अद्भुत र आकर्षक कुण्ड रहेका ।
– सुन्द्रावती सेतीदेवी कुण्डमा एकादशी, रामनवमी, फागुपूर्णिमाजस्ता पर्वमा ठूलो मेला लाग्ने गरेको ।
१७. क्युबाको इतिहासमा झन्डै चार दशकपछि प्रधानमन्त्री पदमा नियुक्त व्यक्ति को हुनुहुन्छ ?
म्यानुअल मार्रेरो क्रुज ।
– सन् २०१९ डिसेम्बर २२ मा त्यहाँका राष्ट्रपति मिगेल डियाजक्यानलले पर्यटनमन्त्री मार्रेरो क्रुजलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको ।
– सन् १९७६ मा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोले प्रधानमन्त्री पद
हटाउनुभएको थियो ।
– क्युुबामा सन् २०१९ को सुरुमा पारित नयाँ संविधानअनुसार प्रधानमन्त्री पद पुनःस्थापित गरिएको ।
१८. हाल (२०७६ कात्तिकसम्म) कति जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ ?
४९ ।
– हालसम्म ४९ जिल्लाका ४८० स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम पुगेको ।
– यो अवधिसम्म कुल सात लाख ११ हजार परिवार (करिब २५ लाख नागरिक) आबद्ध भइसकेका ।
– थप ११ जिल्लामा लागू हुन थालेको यो कार्यक्रम आगामी वर्षभित्र ७७वटै जिल्लामा विस्तार हुनेक्रममा रहेको ।
१९. काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकामा चारवटा स्मार्ट सिटी बनाउने निर्णय कहिले गरेको हो ?
विसं २०७४ वैशाख २४ ।
२०. चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण कहिले गरिएको हो ?
विसं २०७६ पुस ६ गते ।
२१. कुन प्रदेशले उच्च शिखरसम्बन्धी ‘समिट’ सम्मेलन आयोजना गर्ने भएको छ ?
प्रदेश १ ।
(प्रदेश १ सरकारले वार्षिक कार्ययोजनामा समिट सम्मेलन आयोजना गर्ने कार्यतालिका बनाउन लागेको । भ्रमण वर्ष प्रादेशिक मूल आयोजक समितिको २०७६ पुस ६ को बैठकमा समिट सम्मेलनको कार्यक्रम प्रस्ताव गरिएको ।)
२२. ओखलढुङ्गास्थित खिजी चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान कहिले गरियो ?
विसं २०७६ पुस ७ गते ।
(निर्माण सुरु भएको १३ वर्षपछि यो विमानस्थलमा परीक्षण उडान गरिएको ।)
२३. ‘मार्सइन्साइट’ भनेको के हो ?
मङ्गल ग्रहको भित्री भागसम्म अनुसन्धान गर्ने उद्देश्यका साथ अमेरिकी अन्तरीक्ष संस्था नासाद्वारा प्रक्षेपित अन्तरीक्ष यान ।
(सन् २०१८ मे ५ मा प्रक्षेपित सो यान नोभेम्बर २७ (करिब सात महिना) मा मङ्गल ग्रहको सतहमा पुगेको ।)
२४. क्रोनोलोजी भन्नाले कालक्रमसम्बन्धी अध्ययन गर्ने विज्ञानलाई बुझिन्छ भने कस्मोलोजी भन्नाले के बुझिन्छ ?
ब्रह्माण्डको उत्पत्तिसम्बन्धी अध्ययन गर्ने विज्ञान ।
२५. पछिल्लो तथ्याङ्कअनुसार सयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा सुरक्षाकर्मी तैनाथ गर्ने राष्ट्रमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
पाँचौँ ।
(विश्वभर शान्ति स्थापनाका लागि राष्ट्रसङ्घीय सुरक्षाकर्मीका रूपमा विभिन्न १२४ राष्ट्रले आफ्ना फौज तैनाथ गर्ने गरेका । यसरी फौज तैनाथ गर्ने प्रमुख पाँच राष्ट्र क्रमशः इथियोपिया, रुवान्डा, बङ्गलादेश, भारत र नेपाल रहेका ।)
२६. नेपालमा पहिलोपटक एभोगाडो महोत्सवको आयोजना कहाँ गरियो ?
धनकुटा (विसं २०७५ मङ्सिर ८ गते ) ।
(एभोकाडोको फलका लागि चर्चित धनकुटालाई एभोकाडो राजधानीका रूपमा समेत चिनिने ।)
२७. ‘समर जङ्ग कम्पनी’ स्थापना गर्ने राजा को हुन् ?
रणबहादुर शाह ।
– राणाकालमा यसलाई चपरासीहरूको कम्पनी भनेर चिनिने ।
– भीमसेन थापाले यो कम्पनीलाई जेल र अन्य सार्वजनिक महŒवका कार्यालयहरूको सुरक्षाका लागि खटाएका ।
– चन्द्रशमशेरले यसलाई सडक र राणाहरूको दरबार निर्माण गर्ने
काममा लगाएका ।
२८. १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा २.१ ओभर बलिङ गर्दै कुनै रन खर्च नगरी ह्याट्रिकसहित छ विकेट लिई कीर्तिमान कायम गर्न सफल नेपाली महिला क्रिकेटर को हुन् ?
अञ्जली चन्द ।
२९. आफ्नो पुर्खालाई सम्झँदै मनाइने ‘हुदुर धुरा जात्रा’ कुन जातिमा प्रचलनमा रहेको छ ?
राजवंशी ।
– आफ्ना पुर्खालाई सन्ततिको अस्तित्व जीवितै रहेको सन्देश पुग्ने विश्वासका साथ यो जात्रा मनाउने गरिएको ।
– झापा, मोरङ एवम् सुनसरीमा बसोबास गर्ने राजवंशी जातिले हरेक वर्ष मङ्सिर १५ गते यो जात्रा मनाउने ।
३०. विश्व व्यापार सङ्गठनमा नेपालको व्यापार नीतिको समीक्षा पहिलोपटक कहिले गरियो ?
सन् २०१२ ।
– नेपालको व्यापार नीतिको दोस्रो समीक्षा सन् २०१८ डिसेम्बर ३ देखि ५ मा भएको । यसैगरी, नेपालको आगामी व्यापार नीतिको समीक्षा सन् २०२५ मा हुने ।
– विश्व व्यापार सङ्गठनमा अल्पविकसित सदस्य राष्ट्रहरूको व्यापार नीतिको समीक्षा हरेक छ÷छ वर्षमा हुने गरेको ।
प्रस्तुतकर्ता : टङ्क केसी