बंगुर खोरमै मर्न थालेपछि सुरु गरियो निःशुल्क भ्याक्सिन
गोरखापत्र अनलाइन ,
पुष ५, २०७६ शनिबार
अज्ञात रोग लागेर खोरमै बंगुर मर्न थालेपछि रुपनी गाउँपालिकाले बंगुरमा स्वाईन फिबरको निःशुल्क भ्याक्सिन लगाउन शुरु गरेको छ ।
सप्तरीको रुपनी गाउँपालिकामा पछिल्लो एकसातादेखि फैलिएको रोगले दैनिक फर्ममै बंगुर मर्न थालेपछि गाउँपालिकाले भ्याक्सिन लगाउने सुरु गरिएको हो ।