logo
२०८१ मंसिर १२ बुधवार



हुकिङग राेक्न प्राधिकरणको सक्रियता

खुला |


हुकिङग राेक्न प्राधिकरणको सक्रियता
नेपाल विद्युत प्राधिकरण लहान शाखाले ग्रामीण भेगबाट हुकिङग गरिरहेको अवस्थामा नियणत्रणमा लिएका मोटरहरु



जिवछ यादव 
लहान, पुस ५ गते । ग्रामीण भेगमा विद्युत हुकिङग गरेर हुने विद्युत चुहावट रोक्न विद्युत प्राधिकरण वितरण केन्द्र लहानले सक्रियता बढाएको छ । यतिवेला गहु बालीमा सिंचाई गर्न बढी हुकिङ हुने गरेको वितरण केन्द्र लहानले जनाएको छ ।
लहान वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवको अनुसार आफू आएको दुई महिना भन्दा बढी भयो । कार्यालयको सबै अनुभव संगालेर व्यापक सुधारको लागि सबै संयन्त्रलाई परिचालन गर्न लागि रहेको छु । लहान वितरण केन्द्रले लोकमागर््ादेखि दक्षिणमा पर्ने सखुवा नन्कारकटी , लक्ष्मीपुर पतारी , भगवानपुर । नवराजपुर,वरियारपटी र औरही गाँउपालिकामा भइरहेको हुकिङग नियणत्रणको लागि सुरक्षा निकायहरुको सहयोगमा अभियान सुरु भैसकेको छ ।
अभियानको पहिलो दिन ९ थान मोटर ,एक थान टिभी,एक थान फ्यान ,४ थान ,फेज मिटर र एक रन्दा मेशिन हुकिङग गरिरहेको अवस्थामा फेला पारेर आवश्यक कार्वाही प्रक्रिया अघि बढाई सकेको प्रमुख यादवले जानकारी दिनुभयो ।
यसभन्दा पहिले कार्यालयमा समेत भइरहेको ढिलासुसती र सेवाग्राहीलाई दिइरहेको सास्तीलाई समेत अन्तय गरी छिटोभन्दा छिटो सेवा दिएर ग्राहकहरुलाई सन्तुष्ट बनाउन समेत कार्यालयका कर्मचारी स्टाफहरुलाई सक्रिय गरेको प्रमुख यादवले भन्दै हुकिङग नियणत्रणको लागि विभिन्न पालिकाका जनप्रतिनिधि र राजनीतिक दलहरुसंग समेत छलफल गरी हुकिङग नियणत्रण कार्यलाई प्रभावकारी बनाउने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?