रेल चढेर विवाहपञ्चमी मेला हेर्न जाने महोत्तरीवासीको रहर अधुरै
रासस
मंसिर १३, २०७६ शुक्रबार
विवाहपञ्चमी महोत्सवको कुरा उप्कना साथ महोत्तरीको भङ्गाहा नगरपालिका–४ की पानोवती थरुनी रेल चढ्ने कुरा सम्झनुहुन्छ ।
जनकपुरधाममा विवाहपञ्चमी मेला ९उत्सव० हेर्न जीवनमा कैयौँ पटक रेल चढेर गएको सम्झना ताजै राख्नुभएकी ६० वर्षीया पानोवती २०५८ सालयता भने विवाहपञ्चमी मेला हेर्न जनकपुर जानुभएको छैन ।