सागको उद्घाटन र समापनको दिन यातायातमा जोर–विजोर प्रणाली
गोरखापत्र अनलाइन ,
मंसिर १२, २०७६ बिहीबार
तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को उद्घाटन र समापनको दिनमा उपत्यकाको यातायातमा जोर विजोर प्रणाली लागू गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले खेल उद्घाटनको दिन मङ्सिर १५ गते विजोर नम्बर प्लेटका र समापन मङ्सिर २४ गते जोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने जनाएको छ ।