टिपर दुर्घटनामा तीनजनाको मृत्यु, १२ गम्भीर घाइते
गोरखापत्र अनलाइन ,
मंसिर ११, २०७६ बुधबार
नेपाल खाद्य संस्थानको ढुवानी अनुदानको खाद्यान्न ढुवानी गरिरहेको टिपर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । केरुङ तिब्बती मार्ग हुँदै हिल्साबाट सल्लीसम्म गाडीमा ढुवानी भएको खाद्यान्न सल्लीबाट सिमकोट ढुवानी गर्ने क्रममा सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को लाग्ना खोलामा टिपर दुर्घटना भएको हो ।