‘शीतलहरबाट कोही मर्नु नपरोस्’
गोरखापत्र अनलाइन ,
मंसिर ३, २०७६ मंगलवार
सरकराले प्रतिकूल मौसमका कारण हुन सक्ने सम्भावित जनधनको क्षति तथा जोखिम व्यवस्थापनको काम थालेको छ । यसपटकको बाढी, पहिरो र डुबानका कारण जनधनको क्षति बेहोरेको मुलुकका लागि हिमपात र शीतलहरको समेत उत्तिकै जोखिम पार्नसक्ने भएकाले सरकारले क्षति रोक्न समयमै आवश्यक प्रक्रिया थालेको हो । हिमपात र शीतलहरका कारण ज्यान गुमाउनुपर्ने अवस्था रोक्न तयारी थालिएको गृह मन्त्रालयले जनाएको छ ।