logo
२०८१ मंसिर १० सोमवार



विप्लव समूहका कृष्ण धमलाद्वारा समूह त्यागको घोषणा

खुला |


विप्लव समूहका कृष्ण धमलाद्वारा समूह त्यागको घोषणा


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ३ गते । नेत्रविक्रम चन्द विप्लव समूहको पूर्व पोलिट्ब्युरो सदस्य कृष्ण धमला ‘गम्भिर’ले सो समूह परित्याग गर्नुभएको छ ।
उक्त समूहले लिएका पछिल्ला योजना र समग्र विषयमा असहमति जनाउँदै समूह परित्याग गरेको उहाँले जारी गर्नुभएको प्र्रेस विज्ञप्तिमा उल्लेख छ ।
माओवादी आन्दोलनका क्रममा सुर्खेत जिल्लाका अग्रणी नेताको रुपमा स्थापित धमलाले उक्त समूहमा नरहने घोषणा गर्दै राष्ट्रियता,जनतन्त्र र जनजीविकाको आन्दोलनमा निरन्तर लागि रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।
विप्लब समूहमा पछिल्लो समयमा पार्टी परित्याग गर्ने उहाँ वरिष्ठ नेता हुनुहुन्छ । विज्ञप्तिमा उहाँले सो समूह परित्याग गरेर स्वतन्त्र वामपन्थीको रुपमा क्रियाशील रहने जानकारी समेत दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?