आगलागीबाट हुने क्षति रोक्न साङ्केतिक अभ्यास
गोरखापत्र अनलाइन ,
मंसिर ४, २०७६ बुधबार
सदरमुकाम राजविराजस्थित राजरंगशालामा बुधबार दिउँसो उद्दारको अभ्यास गरिएको छ । प्राकृतिक विपद्को सामना पूर्व गर्नुपर्ने तयारी तथा विपद्का कारण हुने सम्भावित क्षति न्यूनिकरण गर्ने उद्देश्यले नेपाली सेनाको भिमदलगणले राजविराज नगरपालिकाको समन्वयमा विगत ४ दिनदेखि संचालन गरिएको सामुदायिक विपद् प्रतिकार्य तालिमको अन्तिम दिन बुधबार राजरंगशालामा सेनाले विपदमा गरिने उद्दार कला प्रदर्शन गरेको हो ।