तराईमा तिहारको रमझम, गाउँ बजार झिलिमिलि
गोरखापत्र अनलाइन ,
कार्तिक ९, २०७६ शनिबार
सप्तरीबासीले काग तिहारकै साँझदेखि घर, बजार एवं बस्ती झकिझकाउ पारेका छन् । जिल्लाको मुख्य बजार राजविराजसहित कल्याणपुर, कदमाहा, बरसाईन, रुपनी, कन्चनपुर, भारदह, हनुमाननगरसहितका बजार तथा सबै गाउँहरुमा अहिले साँझको समयमा झिलिमिलि देखिन थालेको छ ।