नेवार समुदायको म्ह: पूजा राष्ट्रिय गौरवको पर्व
गोरखापत्र अनलाइन ,
कार्तिक १०, २०७६ आईतवार
आफ्नो शरीरको प्रतिनिधि काय (शरीर), वाक (वचन) र चित्त (मन) एकाग्र गरी शरीरका यी तीन संयोजनलाई मण्डपमा विराजमान गराई गरिने पूजा नै म्ह पूजा हो । काय, वाक र चित्तको परिशुद्धि र एकाग्रताले व्यक्तिमा उत्पन्न हुने नराम्रो विचार र भावनाको अन्त हुन गई कुशल(सक्षम) विचार वा चित्त उत्पत्ति भई राम्रो कार्य गर्न सदा उत्प्रेरित गर्दछ । व्यक्तिको चित्त एकाग्र भएको अवस्थामा धर्म चित्त उत्पत्ति हुनेछ, जसलाई धर्माेदय भनिन्छ ।