महरामाथि जवर्जस्ती करणी उद्योगमा मुद्दा चल्न सक्ने
गोरखापत्र अनलाइन ,
कार्तिक ८, २०७६ शुक्रबार
निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जवर्जस्ती करणी उद्योगमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिललाई हस्तान्तरण गरेको छ । अन्तिम पटकका लागि सात दिन म्याद थप गरेको भोलिपल्टै प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो । अब प्रतिवेदन अध्ययनपछि कार्यालयले मुद्दाबारे निर्णय गर्नेछ ।