धौलापैराको दुःख, निर्माण सुरु भएको सातवर्षसम्म पनि बनेन पुल
गोरखापत्र अनलाइन ,
आश्विन १८, २०७६ शनिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिका र सिस्ने गाउँपालिकाको सीमानामा पर्ने धौलापैरा खोलाको पुल निर्माण कार्य थालेको सातवर्षमा पनि बन्न सकेको छैन । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा रहेको यस खोलामा २०६९ सालबाट पुल निर्माणको काम सुरु गरिएकोमा अहिले सम्म काम सकेको छैन ।