पत्रु खाना खुवाउँदा सन्तानमाथि धोका
गोरखापत्र अनलाइन ,
आश्विन १७, २०७६ शुक्रबार
बालबालिकाले खाना खाँदैन भनेर जङ्क फुड अर्थात् पत्रु खाना खुवाउनु त भएको छैन ? छोराछोरी रोए भने या भनेको मानेनन् भने फकाउनका लागि पत्रु खाना दिने चलन अहिले गाउँदेखि सहरसम्मको समस्या भएको पोषणविद् डा. अरुणा उप्रेतीको अनुभव छ ।
चाउचाउ, बिस्कुट, चकलेट दिएर छोराछोरी फकाउने बुवाआमालाई थाहा छ कि छैन ? दिइएको खानेकुरा कति अस्वस्थकर र अखाद्य छन् भन्ने । पछिल्लो समय पाकेटको खानेकुरा अत्यधिक रूपमा खाइने र खुवाइने गरिन्छ । पोकेटको...