‘अस्पताल र चिकित्सकको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालय प्रतिबद्ध’
रासस
आश्विन १५, २०७६ बुधबार
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले स्वास्थ्य सेवा प्रदायक संस्था र स्वास्थ्यकर्मीको सुरक्षाका लागि मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिनुभएको छ । गृहमन्त्रालयसँगको समन्वय र सहकार्यमा मन्त्रालयले अस्पताल, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान गएको उहाँले बताउनुभयो ।