पर्यटकको सुरक्षामा सक्रिय हुन प्रहरीलाई निर्देशन
रासस
आश्विन ९, २०७६ बिहीबार
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकहरुको सुरक्षामा थप सक्रिय हुन पर्यटक प्रहरीलाई निर्देशन दिनुभएको छ । पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपमा बुधबार पर्यटक प्रहरी एकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै उहाँले पर्यटक प्रहरीले सम्पूर्ण देशकै प्रतिनिधित्व गर्ने भएकाले व्यवहार, बोली, बचन, पोशाकलगायत नमूनायोग्य हुनुपर्ने बताउनुभयो ।