logo
२०८१ मंसिर ८ शनिवार



दुईजना प्रतिवादी आठ वर्षपछि पक्राउ

खुला |


दुईजना प्रतिवादी आठ वर्षपछि पक्राउ


धीरेन्द्रप्रसाद साह
राजविराज, असोज ९ गते । कुटपिट र लुटपाट मुद्दाका फरार दुईजना प्रतिवादीलाई आठ वर्षपछि पक्राउ गरिएको छ ।

सो मुद्दाका प्रतिवादीहरु हनुमाननगर कंकालीनी नगरपालिका ३ पोर्ताहा वस्ने ६८ वर्षीय गोसाईं शर्मा र ३६ वर्षीया राधिकादेवी शर्मालाई घरबाट बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

सप्तरी जिल्ला अदालतले २०६९ असार ९ गते सो मुद्दामा उनीहरुलाई जनही पाँच/पाँच सय जरिवाना तोकेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?