श्याम परदेशीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
गोरखापत्र अनलाइन ,
आश्विन १०, २०७६ शुक्रबार
जिल्ला अदालत सर्लाहीले ठगीको आरोपमा पक्राउ परेका मिटर ब्याजी श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
सुक्रवार जिल्ला अदालत सर्लाहीका न्यायाधीश कृष्णराम कोइरालाको एकल ईजलासले साहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी एवं श्रेस्तेदार मुकुन्द आचार्यले जानकारी दिनुभयो । साहसँग सुक्रवार नै बयान लिइएको थियो