सीमसार क्षेत्रको संरक्षणमा स्थानीय पहल
गोरखापत्र अनलाइन
माघ १९, २०७८ बुधबार
जिल्लामा संरक्षणविहीन अवस्थामा पुगेका सीमसार क्षेत्र, ताल तलैया, पोखरीको संरक्षण गर्न थालिएको छ । प्रदेश र स्थानीय सरकारमार्फत् सो क्षेत्रको संरक्षण गर्न थालिएको हो । जिल्लाको उत्तरी क्षेत्रमा त्यस्ता सीमसार क्षेत्रलाई बढी प्राथमिकता दिएर संरक्षण गर्न थालिएको छ । डिभिजन वन कार्यालयले मात्रै जिल्लाका बबई, तुलसीपुर, घोराही, शान्ति नगरपालिकाका वन क्षेत्रमा सीमसार क्षेत्रको संरक्षण अभियान सञ्चालन गरेको छ ।