राष्ट्रिय भूमि आयोग र स्थानीय तहबीच कार्यगत सम्झौता
गोरखापत्र अनलाइन
माघ २०, २०७८ बिहीबार
तनहुँमा राष्ट्रिय भूमि आयोग र स्थानीय तहसँग कार्यगत सम्झौता भएको छ । दुई पक्षबीच भूमिहीनको लगत सङ्लनसम्बन्धी समझदारीपत्रमा दमौलीमा हस्ताक्षर गरी सम्झौता गरिएको हो । भूमि आयोग जिल्ला समिति तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा आयोगका विज्ञ सदस्य वासुदेव हुमागाई, अमिन केशवराज डाँगी, प्रमुख नापी अधिकृत जनकराज भट्ट र स्थानीय तहबीच समझदारी गरिएको हो ।