सोलुखोला आयोजनाको सुरुङमा हराएका मजदुर अझै भेटिएनन्
गोरखापत्र अनलाइन
माघ १४, २०७८ शुक्रबार
सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको सुरुङमा बेपत्ता भएका मजदुर अझै फेला परेका छैनन्। अर्का एक जना घाइतेको भने उपचार भइराखेको छ।
आयोजना निर्माणस्थल पञ्चनस्थित सुरुङ मार्गभित्र स्काभेटर नै भाँचिएपछि उक्त दुर्घटना भएको हो। सुरुङभित्र पानी बगाउने पाइप स्काभेटरको बकेटमा लिएर जाँदा स्काभेटरनै भाँचिएपछि उक्त बकेटमा रहेका मजदुर बेपत्ता भएका हुन्।