दस अर्बको विकास ऋणपत्र आउँदै
गोरखापत्र अनलाइन
माघ १५, २०७८ शनिबार
सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउन नेपाल राष्ट्र बैङ्कले फेरि १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैङ्कले माघ १६ गते आइतबार १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सोमबार निष्कासन हुने विकास ऋणपत्र २०८२ ‘ङ’को अवधि चार वर्ष रहेको छ । बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा...