१० वर्ष रित्तिएको घर फर्केपछि...
रासस
माघ १३, २०७८ बिहीबार
गाउँको घर रुग्ण र बारी बञ्जर भइसकेको थियो । कुशल राना परिवारसहित काठमाडौं बस्नुहुन्थ्यो । भविष्य खोज्दै १० वर्षअघि सहर पस्नुभएको थियो, उहाँ । काठमाडौं छँदै राना कतार पुग्नुभयो । त्यहाँ टिक्न नसकेपछि दुई वर्षमै फर्किनुभयो । चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गर्नुभयो । त्यसपछि भने रानाले जागिरे मनस्थिति त्याग्नुभयो ।