राप्ती राजमार्ग दैनिक सात घण्टा बन्द हुने
गोरखापत्र अनलाइन
माघ १४, २०७८ शुक्रबार
राप्ती राजमार्ग आइतबारदेखि दैनिक सात घण्टा बन्द हुनेभएको छ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका ३ को चोरखोलादेखि कपुरकोटसम्मको साँघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएपछि १० दिनसम्म दैनिक ७ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेश महर्जनले जानकारी दिनुभयो ।