logo
२०८० चैत्र १६ शुक्रवार



कुकुर पाल्ने सोख

विचार/दृष्टिकोण |




गङ्गाराज मुकारुङ

हिजोआज नेपालका सहरी इलाकामा विभिन्न जातका सस्ता, महँगा कुकुर किनेर घर–घरमा पाल्ने र साँझ बिहान यात्रामा कुकुर डो¥याउँदै हिँड्ने सोखको विकास भएको देखिन्छ । कुकुरले घर कम्पाउन्डको सुरक्षामात्र गर्दैन, नराम्रो घटनाको सङ्केत चाल पनि दिन्छ । समय कटाउन पनि साथ दिन्छ । तालिमप्राप्त कुकुरले सामान्य सक्ने काममा मानिसलाई सहयोग पनि गर्दछ । त्यसैले कुकुर मानिसको अभिन्न मित्र पनि हो ।
सहरी इलाकामा प्रतिस्पर्धात्मक रूपमा बढिरहेको जुन कुकुर पाल्ने फेसन छ, त्यसबाट कुकुर व्यापारीलाई फाइदा पनि पुगेकै छ । केही बेरोजगारले रोजगार पनि पाएकै छन् । भेटेरिनरी र केनल क्लबहरूले काम दाम पाएकै छन् ।
तर, स्थानीय कुकुर पाल्न सोखिन मानिसलाई कुकुर पाल्ने तरिका, कुकुरलाई दिनुपर्ने तालिम, कुकुरको मलमुत्र व्यवस्थापन र मलमुत्रबाट स्थानीय तहमा पु¥याउने नकारात्मक असरका चेतनामूलक जानकारी कमै छ ।
कुकुरका सहरिया मालिकमालिक्नीहरू बिहान, दिउँसो, बेलुका आफ्ना कुकुरलाई डो¥याउँदै सार्वजनिक जग्गा तथा सडकमा निस्कन्छन् । कुकुरलाई छोडिदिन्छन् र आफू मोबाइल वा अर्को व्यक्तिसँग गफमा व्यस्त रहन्छन् । कुकुरले सडकमा, अर्काको कम्पाउन्ड गेटमा अथवा सार्वजानिक जग्गामा दिसापिसाब गरेर फोहोर गर्छ । कुकुरको दिसामा मानिसलाई असर पार्ने रोगका जीवाणु हुन्छन् । त्यसले अन्य जोकोही पैदलयात्री, बालबच्चामा असर पार्न सक्छ । टोलको सडक दुर्गन्धित र फोहोर हुन्छ । रोगको महामारी फैलिने सम्भावना पनि हुन्छ ।
कुकुरका सोखिन मालिकले आफ्नो कुकुरको मलमुत्र घर कम्पाउन्डमै व्यवस्थापन गर्ने व्यवस्था मिलाउनुपर्छ । ठुल्ठूला विकसित सहरहरूमा मानिस सयौँतले अपार्टमेन्टमा बस्छन् । कोठामै कुकुर पाल्छन् । कुकुरलाई कोठामै छोडेर काममा जान्छन् । कुकुरले कोठामा फोहोर गर्दैन । राखिदिएको खानेकुरा खान्छ । दिसापिसाब ट्वाइलेटमै गएर गर्छ वा कतै राखिदिएको टप (भाँडा) मा मात्र गर्छ । यस्तो सिकाउन जरूरी छ ।
टोलछिमेकमा पालिएका कुकुरले कराएर दिनमा काम गर्न नदिने, रातमा सुत्न नदिने, पैदल यात्रुलाई टोक्ने, सवारीसाधनलाई भुक्दै लखटेर दुर्घटना हुनेजस्ता घटना हुन्छन् । कुकुरका सोखिन मालिकलाई स्थानीय प्रशासनले चेतनामूलक कार्यक्रम सञ्चालन गरिदिए टोलमा सफासुग्घर हुने, समाजमा आपसी सद्भाव राम्रो हुने थियो ।

(लेखक दिल्पा गाउँ (भोजपुर) को पुरातात्त्विक सम्पदा संरक्षण समिति संयोजक हुनुहुन्छ । )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?