logo
२०८१ मंसिर ८ शनिवार



लाभैलाभको खेती

विचार/दृष्टिकोण |




डा. युवकध्वज जीसी

नेपालमा स्थानअनुरूप मिश्रित प्रकारको बाली उत्पादन पद्धति प्रचलनमा छ । नेपालको अधिकांश खेती प्रयोजनमा प्रयोग भएको जमिन भिरालो वा गरा परेको पाखो क्षेत्र छ । गरा एवम् भिरालो पाखाबारीमा सिँचाइ सुविधा प्रायः शून्य छ । यस्ता असिँचित पाखोबारीमा परापूर्वकालदेखि किसानले विकास गरेको खेती प्रणाली बढी एकीकृत देखिन्छ, जहाँ रूख बुट्यानको भूमिका प्रशस्त छ । यद्यपि, व्यवस्थित खोरिया खेती तथा भू–संरक्षणका उपयुक्त प्रविधिको प्रभावकारी कार्यान्वयन नहुँदा जीवांशको सही सदुपायोग नहुने एवम् भू–क्षयको जोखिम हुने नकार्न सकिँदैन । पाखाबारीमा भएको उत्पादनले मानव पोषणमा पु¥याउने योगदानलाई विशेष महŒव दिनुपर्छ ।
हाम्रो भू–बनोट, यसबाट प्राप्त हुने उपज, यस्ता उपजको पोषणस्तर, राष्ट्रिय अर्थतन्त्र, खाद्य तथा पोषण सुरक्षामा राज्यको कानुनी प्रतिबद्धता, सर्वसाधारण किसानको आर्थिक स्तर, राज्यले विभिन्न बहुपक्षीय सन्धि सम्झौतामा प्रतिबद्धता जनाइसकेको अवस्थालाई हेर्दा हामी तत्काल न त अति नै बाह्य सामग्रीमा आधारित कृषि प्रणालीमा जान सक्ने अवस्थामा छौँ, न त पूर्ण प्राङ्गारिक नै । बजारको माग एवम् उपभोक्ता स्वास्थ्यलाई ध्यान दिने हो भने नेपालमा हाललाई प्राङ्गारिक र रासायनिक दुवै पद्धति अपनाउनुपर्ने देखिन्छ । यो कुरालाई मनन गरी नेपाल सरकारले स्थान र बालीविशेष परिस्थिति सुहाउने नीतिअनुरूप कर्णाली प्रदेश, गण्डकी प्रदेश र अन्य केही स्थानमार्फत प्राङ्गारिक कृषि अभियानलाई अघि सारेको छ ।
कृषिमा रासायनिक विधिको विकल्पमा अन्य विधि तथा प्रविधि पनि विकास भइसकेका छन् । यी वैकल्पिक विधिहरूमध्ये प्राङ्गारिक खेती प्रणाली प्रमुख हो । प्राङ्गारिक कृषिले स्वस्थ पृथ्वी, स्वस्थ बिरुवा, स्वस्थ जनावर, स्वस्थ मानव समुदाय र स्वस्थ धर्तीजस्ता आधारभूत अवस्था विकास एवम् सुनिश्चित गर्न सहयोग पु¥याउँछ । प्राङ्गारिक कृषिले परम्परागत ज्ञान, सीप तथा अनुभवका आधारमा आफ्ना क्षेत्रलाई क्रमिक रूपमा परिमार्जन गर्दै लगेको छ । रासायनिक खेती पद्धतिभन्दा प्राङ्गारिक पद्धति फाइदाजक भएको कुरा प्रायः प्रमाणित भइसकेको छ । प्राङ्गारिक खेती प्रणाली नै किन ? भन्ने विषयमा केही दृष्टान्तहरू हेरौँ–माटोका लागि सहयोगी नेपालको माटो प्रायः अम्लीय भएकाले हामी बढी मात्रामा रासायनिक स्रोतमा भर प¥यौँ । यो हुनु भनेको रोगी माटोको सङ्केत हो । रोगी माटो र रोगी मान्छेबाट लिन सकिने फाइदा एउटै हो । तर, प्राङ्गारिक पद्धतिका कारण माटोमा जैविक अवशेष, फाइदाजनक सूक्ष्म जीव तथा गँड्यौलालगायतका जीवहरूको वृद्धि भई माटोको अवस्था सुध्रन्छ । स्वीट्जरल्यान्डमा गरिएको अनुसन्धानबाट के पत्ता लागेको छ भने जीवाणुको सङ्ख्या बढी हुनाले बिरुवाले माटोबाट प्रशस्त मात्रामा खाद्य तŒव लिन सक्छन् । यसरी नै बढी मात्रामा गँड्यौला तथा अन्य सूक्ष्म जीवहरूको सङ्ख्या वृद्धि भई माटो स्वस्थ राख्न तथा बिरुवालाई आवश्यक पर्ने सूक्ष्म तŒव आपूर्ति गर्न पनि सहयोग पुग्न सक्ने देखिएको छ ।
पशुको उपयुक्त खाना
१४ वटा गाईमा गरिएको एउटा अध्ययनले के देखायो भने १० वटा गाईहरूमा प्राङ्गारिक दाना र घाँस खुवाउँदा गाईको सम्पूर्ण क्षेत्रमा सकारात्मक प्रभाव देखियो । यसरी नै पोथी खरायोमा गरिएको एक अध्ययनअनुसार प्राङ्गारिक दाना खुवाउँदा डिम्ब उत्पादन दुई गुणा बढेको पाइएको छ । यस्तै अर्को अनुसन्धानमा फुल पार्ने कुखुरालाई प्राङ्गारिक दाना खुवाउँदा फुल उत्पादन २८ प्रतिशतले वृद्धि भएको पाइएको छ । रासायनिक तरिकाबाट उत्पादित दाना खरायोलाई खुवाउँदा ती खरायोको पछिल्लो तीन पुस्तामा सन्तानोत्पादन क्षमता ह्रास भएको पाइयो ।
गम्भीर रोग न्यूनीकरणमा सहयोगी
स्कटिस वैज्ञानिकहरूले प्राङ्गारिक खाद्य वस्तुबाट तयार पारिएको तरकारीको झोलिलो पदार्थ (सुप) मा रासायनिक तरकारीबाट बनेको झोलमा भन्दा छ गुणा बढी सिलिसाइलिक एसिड भएको पत्ता लगाएका छन् । विभिन्न प्राङ्गारिक तरकारीबाट तयार गरिएको सुपमा प्रतिग्राम ११७ नानोग्राम मिसिलसाइलिक एसिड भेटिएको छ भने अप्राङ्गारिक २४ किसिमका सुपमा भने २० नानो ग्राम सिलिसाइलिक प्रतिग्राम पाइएको छ । सिलिसाइलिक एसिड एस्विरिनमा हुने मुख्य तŒव हो । जसले धमनी र पेटको भिल्ली बलियो बनाउन सहयोग गर्छ । बिरुवामार्फत प्राकृतिक रूपमा पाइने सिलिसाइलिक एसिडको नियमित सेवनबाट छटपटी हुने तथा अन्य विभिन्न रोगबाट बचाउन सहयोग गर्छ । शाकाहारी मानिसको रगतमा धेरै सेलिसाइलिक एसिड पाइएको छ भने मांसहारीमा कम ।
पर्याप्त पोषिला खाद्य तŒव
विभिन्न देशमा गरिएका अध्ययनबाट के पत्ता लागेको छ भने ५० वर्ष अगाडिका उही जातका तरकारी र हालसालै उत्पादन गरिएका सोही जातको तरकारीको खाद्य तŒव विश्लेषण गर्दा हालसाल उत्पादन गरिएका अप्राङ्गारिक तरिकामा थोरै भिटामिन र खनिज लवण पाइएको जनाइएको छ । अध्ययनअनुसार आलुमा भिटामिन ‘ए’ ९०–९५ प्रतिशत भिटामिन ‘सी’ र फलाम ५७ प्रतिशत, क्याल्सियम २८ प्रतिशत, क्याल्सियम ५० प्रतिशत, रिबोफ्लाबिन र १८ प्रतिशत थायमिनजस्ता तŒवहरू अप्राङ्गारिक उत्पादनमा घटेका छन् । आलुमा सातवटा विभिन्न खाद्य तŒवको अध्ययन गरिएकोमा नायसिनमात्र वृद्धि भएको पाइएको छ । यस्तै किसिमको निष्कर्ष अन्य २४ किसिमका तरकारी तथा फलफूलमा गरिएको अध्ययनबाट समेत निस्केको छ । ब्रोकाउलीमा गरिएको अध्ययनमा सबै सात किसिमका खाद्य तŒव कम छन् । जसमा क्याल्सियम ६३ प्रतिशत र फलाम ३४ प्रतिशत घटेको छ । अप्रिल २००१ मा अमेरिकामा प्राङ्गारिक तथा अप्राङ्गारिक तरकारीको खाद्य तŒवसम्बन्धी गरिएको एक अध्ययनले ४१ वटा तुलनाबाट प्राङ्गारिक बालीहरूमा पोषक तŒव बढेको पाइएको छ ।
जैविक विविधता संरक्षणमा सहयोगी
प्राङ्गारिक खेतीमा रासायनिकभन्दा धेरै बढी मात्रामा जैविक विविधता भएको कुरा बेलायतको माटोसम्बन्धी सङ्गठनले जनाएको छ । अध्ययनअनुसार प्राङ्गारिक खेती गरिने क्षेत्रमा पाँच गुणा बढी जङ्गली बिरुवा, ५७ प्रतिशत बढी प्रजाति, ४४ प्रतिशत बढी चरा पाइएको छ । यसरी नै प्राङ्गारिक खेती गरिने क्षेत्रमा दुईगुना बढी भारद्वाज चरा, दुईगुना बढी पुतली पाइएको छ ।
भू–संरक्षणमा उपयोगी
वासिङ्टन स्टेट विश्वविद्यालयका एक वैज्ञानिकले १९९४–१९९९ सम्म गरेको एक अध्ययनअनुसार प्राङ्गारिक खेती गरिने क्षेत्रमा माटोको अवस्था सुधार, जमिनमुनिको पानीको स्तर राम्रो तथा भू–क्षय र भूस्खलन हुनबाट जोगिन्छ । प्राङ्गारिक खेतीले ऊर्जा, वित्तीय खर्च न्यूनीकरण गर्न सहयोग पु¥याउने सँगसँगै कमैमात्र श्रमको आवश्यकता पर्छ । यो उदाहरण विशेषगरी फलफूल तथा कृषिवन प्रणालीमा बढी उपयोगी देखिन्छ । वैज्ञानिकका अनुसार यस्तो विधिबाट उत्पादन भएका स्याउका दाना कडा, चम्किला धेरै रसिला, बढी गुलिया भएको पाइएको छ ।
उत्पादनमा प्रभावकारी
सन् २००२ मा ग्रीन पिसबाट प्रकाशित प्रतिवेदनमा विकासोन्मुख देशमा प्राङ्गारिक तथा कृषि पारस्थतिकीय प्रणालीबाट कृषि कार्य गर्दा उत्पादनमा वृद्धि, जैविक विविधता संरक्षण तथा उत्पादित वस्तुको खाद्य तŒवमा वृद्धि भएको उल्लेख छ । इथियोपियामा प्राङ्गारिक उत्पादन प्रणालीले २–५ गुणा बढी बाली उत्पादन भएको, ब्राजिलमा मकैको उत्पादन २०–२५ प्रतिशतले वृद्धि भएको र पेरुको असिँचित पाखो जग्गामा बालीको उत्पादन १५ प्रतिशतले वृद्धि भएको केही प्रतिवेदनमा उल्लेख छ । अमेरिका र बेलायतमा गरिएका अनुसन्धान तथा अध्ययन प्रतिवेदनमा प्राङ्गारिक पद्धतिमा क्रमशः उत्पादन बढ्दै जाने र रासायनिक पद्धतिको उत्पादन एउटा निश्चित तहसम्म पुगेपछि घट्दै गएको जनाइएको छ ।
हावापानीमा अनुकूल प्रभाव
प्राङ्गारिक खेती पूरा जीवन भएको, जीवित प्राणीको उपस्थिति अधिक गराउने प्रणाली हो । जसले कार्बनको भण्डारण गर्छ । प्राङ्गारिक तरिकाले खेती गरिएको क्षेत्रमा माटोको उर्वरा शक्ति सन्तुलित रूपमा वृद्धि भएको देखिन्छ भने रासायनिक÷आधुनिक प्रविधिमा एक्कासि वृद्धि भएको देखिन्छ । अमेरिकाको क्यालिफोर्नियामा गरिएको एक अध्ययनले प्राङ्गारिक प्रणालीले २८ प्रतिशत प्राङ्गारिक कार्बन उत्पादन गरेको देखाएको छ । यसरी माटोमा बढी मात्रामा कार्बन भण्डारण गर्न सकियो भने वायुमण्डलमा कार्बनको उत्सर्जन कम हुन गई हावापानी तथा वातावरण संरक्षण गर्न प्राङ्गारिक खेती सफल हुने देखिन्छ । प्राङ्गारिक खेती सुख्खा तथा खडेरीमा प्रभावकारी भएको पनि पाइएको छ । पेरुको पाखो जग्गामा प्राङ्गारिक तरिकाले खेती गर्दा उत्पादन बढेजस्तै अमेरिकाको मध्य पश्चिमी राज्य तथा रोडेल इन्स्टिच्युटको अध्ययनबाट पनि यही कुरा साबित भएको छ ।
उपभोगको लागि सुरक्षित
प्राङ्गारिक खेती प्रणालीले रोजगारी सिर्जना गर्छ र जमिनमुनिको पानीलाई कम हानि पु¥याउँछ । अनुवांशिक प्रविधिबाट उत्पादित खाद्यान्नबाट हुने खतरा पनि न्यूनीकरण गर्छ । उपभोक्ताहरू प्राङ्गारिक प्राकृतिक खाद्यान्न नै मन पराउँछन् किनकि यी उत्पादनहरू सुरक्षित छन् । रासायनिक कीटनाशक पदार्थसँगको सम्पर्कका कारण महिलामा स्तन क्यान्सरको सम्भावना धेरै बढेको विभिन्न किसिमका अध्ययन अनुसन्धानले बताइसकेका छन् । विशेषगरी यस्ता कीटनाशक विषादीमा हुने मुख्य तŒव अट्राजिनले मुसाहरूमा स्तन क्यान्सर र हेम्सटरहरूमा डिम्बाशयको क्रोमोजमलाई टुक्र्याइदिएको अध्ययनबाट पत्ता लागेको छ । भ्यागुताको अगाडिको खुट्टा लङ्गडो भएको पनि पत्ता लागेको छ ।
नेपालको चितवनमा किसानले दुईवटा छुट्टाछुट्टै तरिका (प्राङ्गारिक तथा अप्राङ्गारिक) बाट खेती गर्दा प्राङ्गारिक तरिकाबाट गरिएको जग्गा
(एक हेक्टर) बाट पहिलो वर्षमै अप्राङ्गारिक मलको प्रभाव स्वाभाविक रूपमा कम देखिएको थियो । यसैगरी, काभ्रे जिल्लाको किसानको बारीमा गरिएको प्राङ्गारिक कृषिको अभ्यासबाट आएको नतिजा अनुसार ३–५ वर्षसम्म प्राङ्गारिक तरिकाले खेती गर्दा अप्राङ्गारिकको तुलनामा प्राङ्गारिकबाट १५ प्राङ्गारिकसम्म उत्पादन वृद्धि भएको थियो ।
नेपाल सरकारले कृषि मन्त्रालयमार्फत राष्ट्रिय प्राङ्गारिक कार्यदलको प्रतिवेदनअनुरूप सम्भाव्य बाली, वस्तु एवम् स्थानहरूमा प्राङ्गारिक कृषिका कार्यक्रम अगाडि बढाएको छ । परम्परागत खेती प्रणालीलाई समयसापेक्ष बनाउँंदै रासायनिक पद्धतिभन्दा प्राङ्गारिक पद्धतिलाई अँगाल्न सक्यौँ भने कृषकको स्तरमा स्वच्छ, सुरक्षित खाद्यान्नको सम्भावना बढ्छ ।

(लेखक कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव हुनुहुन्छ । ) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?