पवित्रा सापकोटा
‘कहाँ होला र सुन जस्तो पित्तल, के गरेर होला मन शीतल” गीत सुन्दै हाम्रो टोली मेलम्चीबाट सुकुटे बेसका लागि हिँड्यो । जेठ महिनाको टन्टलापुर घाममा कतिखेर सुकुटे पुगिएला र जीवनको पहिलो अनुभूति ¥याफ्टिङकोे मज्जा लिन पाइएला भन्ने मात्र मनमा थियो । मेलम्चीबाट सुकुुटे बेस धेरै टाढा थिएन । जेठ ५ गते वास्तवमै हाम्रा लागि अति आनन्दित क्षण हुन पुग्यो ।
केही साथीहरूले ¥याफ्टिङका लागि कपडा छुट्टै लगेका थियौँ । सुकुटे बेस भनेको गर्मी छल्न पौडी र अन्य विभिन्न खेल खेल्ने स्थान रहेछ । मेरो बिल्कुलै नयाँ ठाउँ नयाँ परिवेश थियो । हामीलाई वनभोजको रमाइलोभन्दा पनि ¥याफ्टिङको अनुभव कस्तो हुन्छ भन्ने मात्र थियो ।
१०–१२ वर्ष अघि त्रिशूली नदीमा विदेशी पर्यटकको ¥याफ्टिङ देख्दा आङ सिरिङ्ग हुन्थ्यो । सोच्थेँ – कस्तो डर नलागेको होला यिनीहरूलाई ? तर जब जेठ ५ गते ¥याफ्टिङ खेल्ने मौका पाएँ – ओहो यति मज्जा र आनन्द हँुदोरहेछ र पो पर्यटकहरू आउँदारहेछन् नेपालमा ।
हामी पनि ३६ जनाको समूह ¥याफ्टिङ खेल्दैछौँ, नदीमा हेलिँदैछौँ ।
मेलम्चीबाट गाडीमा मन पर्ने गीत घन्काउँदै सररर लागेका थियौँ । बाहुनेपाटी, सिन्धुखोला, सिपाघाट, हेवापाटी, कुन्ताबेँसी, फेदी, जिरोकिलो हँुदै हामी केही क्षणमै दोलालघाट पुग्यौँ । जेठको हपहप गर्मीले सबै उसिनिएजस्ता भएका थियौँ ।
खोलाको पानीलाई पछ्याउँदै बग्नु वास्तवमै आनन्द रहेछ । कतै ठूला ठूला ढुङ्गा थिए । कतै अति गहिरो स्थान पनि हुँदोरहेछ । कतै बोट (डुङ्गा) हरू एक आपसमा ठोकिँदा पनि रहेछन् । ¥याफ्टिङबारे त्यस अघि केही जानकारी थिएन । ¥याफ्टिङ सुरm गर्नु अघि गाइडले करिब १० मिनेट जति नियमबारे, आफू सुरक्षित रहनेबारे बताए । सुरुमा त के हो, के हो भएको थियो तर केही हुँदोरहेनछ । यति मात्रै थियो, पानीको ठूलो छालमा अरूले तल माथि गरेको देख्दा डर, स्वाट्ट पानीले भिज्दा मज्जा !
गाइडले ¥याफ्टिङ खेल्ने ठाउँ जानु अघि नै हेल्मेट, लाइफ ज्याकेट लगाइदिए । खोलाकै सुरमा त्यसलाई पछ्याउँदै हिँड्नु वास्तवमै आनन्द रहेछ । कतै गहिरो खोला कतै ढुङ्गे पानी त कतै बलौटे माटो र कम गहिराइको पानी । पौडिन नआउनेलाई भने खोला त्रास नै हुने रहेछ । रमाइलोका लागि ठाउँ अनुसार पौडी पनि खेलियो । लाइफ ज्याकेट लगाएकाले ढुक्क भए पनि अस्थिर पानी, ठूलो भँगालोमा डरभन्दा पनि रमाइलो अनुभूति हुँदोरहेछ । एक दुईवटा छाल पार गरेपछि डर त भागिहाल्यो । सुनकोसीको चिसो पानीको छालले हान्दा क्या मज्जा !
जलस्रोतको दोस्रो धनीदेशका हामीले खोला–नदीहरूको उपयोग गर्न जाने रमाइलो पनि, आम्दानी पनि कति हुने रहेछ ! स्रोत छ, योजना, लगानी, दक्षता प्रयोग गर्ने हो भने हामी गरिब पक्कै रहने छैनौँ ।
(लेखक सामाजिक अभियन्ता हुनुहुन्छ । )