logo
२०८१ बैशाख ८ शनिवार



सामुदायिक विद्यालय सुधार्न तालिम

विचार/दृष्टिकोण |




डा. जानुका नेपाल

शिक्षा जीवनपर्यन्त व्यावहारिक सिकाइ हो, यसले मानिसलाई आत्मनिर्भर बनाउन सक्नुपर्छ । नेपालमा हाल विद्यालय शिक्षालाई आधारभूत र माध्यमिक गरी दुई तहमा विभाजन गरिएको छ । बालविकासदेखि कक्षा आठसम्म आधारभूत तह र कक्षा नौदेखि कक्षा १२ सम्म माध्यमिक तह ।
आधारभूत तह अन्तर्गत बालविकास कक्षामा चार वर्ष उमेर पूरा नभएका बालबालिकालाई विद्यालयमा भर्ना गरेर शारीरिक र मानसिक विकास हुने किसिमको शिक्षा मात्र दिन सकिन्छ । चार वर्ष उमेर पूरा भइसकेका बालबालिकालाई शारीरिक, संवेगात्मक, मानसिक, भाषिक र सामाजिक भावनाको विकास गर्ने किसिमको शिक्षा प्रदान गर्नुपर्छ । त्यस्ता कलिला उमेरका बालबालिकालाई किताबी ज्ञानमा लाद्ने किसिमका कार्य गर्नुहुँदैन । उनीहरूलाई मात्र सरसफाइ र आफ्नो सुरक्षासम्बन्धी बानी बसाल्न प्रेरित गर्नुका साथै सामान्य शिष्टाचार गर्ने बानीको विकास गराउनुपर्छ । त्यसैले प्राथामिक तह कक्षा (१–३) मा नैतिकता, अनुशासन, भाषिक तथा गणितीय सीपको विकास, वरिपरिको वातावरण विज्ञान, सूचना प्रविधि, स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान, जीवनोपयोगी सीप जस्ता सामाजिक र चारित्रिक गुणको विकास गराउने किसिमको शिक्षा प्रदान गर्नुपर्छ ।
त्यस्तै कक्षा ४ र ५ मा पनि पाठ्यक्रमले तोकेको उद्देश्यअनुरूप शिक्षकले आपूmले अगाडि गएर पढाउने मात्र नभई बालमैत्री वातावरणमा विद्यार्थीकेन्द्रित विधि प्रयोग गरी बढीभन्दा बढी विद्यार्थीलाई सक्रिय बनाउनुपर्छ । आपूmले सहजकर्ताको भूमिका मात्र निर्वाह गर्नुपर्छ । अनि मात्र शिक्षण सिकाइ क्रियाकलाप प्र्रभावकारी हुन्छ । विद्यार्थीको सिर्जनात्मक प्रतिभाको प्रस्फुटन भई व्यावहारिक तथा जीवनोपयोगी सीप हासिल गर्न सक्षम हुन सक्छन् ।
आधुनिक पाठ्यक्रमले ६–८ मा अध्ययन गर्ने आधारभूत तहका विद्यार्थीका लागि सक्षमतामा आधारित पाठ्यक्रमको निर्माण गरेको छ । सक्षमतामा आधारित पाठ्यक्रम भनेको सिकारुको दैनिक जीवनयापन र व्यावसायिक क्षेत्रमा आवश्यक पर्ने ज्ञान, सीप, प्रवृत्ति मूल्य र काम गर्ने तत्परतालाई व्यावहारिक रूपले उपयोग गर्न सक्ने गरी विकास गरिएको पाठ्यक्रम हो भनेर आधारभूत शिक्षा पाठ्यक्रम २०६९ ले भनेको छ । सक्षमता भनेको व्यक्तिको व्यावहारिक सीप हो, ज्ञान हो प्रवृत्ति हो, कार्य प्रदर्शन गर्नसक्ने क्षमता हो, प्रस्तुतीकरण हो । व्यक्तिको पढाइ र सिकाइबाट प्राप्त नतिजा अर्थात् उसमा आएको व्यवहार परिवर्तनमा भाषिक, तार्किक, साङ्गीतिक, शारीरिक, अन्तरवैयक्तिक, आध्यात्मिक, प्राकृतिक आदि कुराको विकास हुनु भनेको व्यक्तिमा सक्षमता प्राप्त हुनु हो । विद्यार्थीलाई गरेर सिक्ने अवसर प्रदान गरी समय र परिस्थिति अनुसार समायोजन हुन सक्ने बनाउनु नै सक्षमता हो ।
कक्षा ६–८ मा अध्ययन गर्ने विद्यार्थीलाई उनीहरूको उमेर र रुचिअनुसार सिकाइको अवस्था पहिचान गरी शिक्षकले पढाउने मात्र होइन सहजीकरण गर्दा आधुनिक शैक्षणिक प्रविधिलाई निरन्तर मूल्याङ्कन प्रक्रियालाई अवलम्बन गर्न सकेमा सिकाइ उपलब्धि वृद्धि गर्न सकिन्छ । नेपालको माध्यमिक शिक्षा पाठ्यक्रमले राखेका उद्देश्य अति नै राम्रा भए पनि के वास्तवमा त्यस्ता विद्यार्थी उत्पादन गर्न विद्यालयहरू सक्षम भएका छन् त ? यसलाई पुनर्मूल्याङ्कन गर्नुपर्ने देखिन्छ ।
हाल नेपालमा नौ हजार आठ सय शिक्षक तालिमप्राप्त भइसकेका छन् तर शिक्षकले प्राप्त गरेको तालिमको उपयोगिता कक्षाकोठाभित्र गएन, सरकारको लगानी त्यसै खेर गयो भनेर एकथरीले भनिरहेका छन् । सरकारका तर्पmबाट करिब चार हजार पाँच सय तालिमको उपलब्धि चाहिँ कक्षाकोठाभित्र गएको छ भन्ने सुनिएको छ । वास्तवमा सही कुरा के हो त ? के शिक्षकले आपूmले लिएको तालिमलाई दुरुपयोग गरेका हुन् ? अथवा मेहनत नगरेका हुन् ? कि तालिम व्यवस्थापन र सञ्चालन प्रक्रिया नै फितलो भएको हो । यी सबै विषय तालिम लिने शिक्षकदेखि तालिम दिने प्रशिक्षक, तालिम व्यवस्थापन र सञ्चालनका लागि योजना गर्ने योजनाकार नीति निर्माण तहमा रहने उच्चपदस्थ व्यक्तित्वहरूले सोच्नुपर्ने कुरा हो ।
२०७२ सालदेखि नै आधारित शिक्षकको पेशागत तालिम कार्यक्रम समाप्त भइसकेको छ । शिक्षकहरूले तालिम नपाएको पनि चार वर्ष बितिसकेको छ । वर्षैपिच्छे एस.ई.ई. को परीक्षाफल प्रकाशन हुँदा अधिकांश विद्यार्थी गणितमा असफल भएका नतिजा छ । अन्य विषयमा पनि विद्यार्थीको सिकाइ उपलब्धि अत्यन्त न्यून छ । निजी विद्यालयको सिकाइ उपलब्धि उच्च, सामुदायिक विद्यालयको कम आयो भन्ने पनि सुनिँदै आएको छ अनि सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू अत्यन्त न्यून आर्थिक अवस्थाका छन् । तिनका अभिभावकमा गाँस, बाँस र कपासको समस्याका कारण आफ्ना नानीहरूलाई समय दिन सक्दैनन् । त्यस्तै अभिभावकमा शिक्षाको कमी, शैक्षिक चेतनाको कमिका बारेमा पनि सबैमा अवगत नै छ । त्यस्ता बालबालिकालाई कसरी सहजसँग विद्यालयमा नियमित उपस्थित गराउने, विद्यालयमा टिकाउने, सिकाइमा जागरुक बनाउने ? भन्ने विषयमा शिक्षकले विशेष योजना नै बनाउनुपर्ने हुन्छ । त्यस्ता योजना बनाउन तथा बालमैत्री कक्षाकोठा निर्माण गरी मनोरञ्जनात्मक आधुनिक शिक्षणविधि प्रविधिको प्रयोग गर्न सक्षम शिक्षक छन् त ? शिक्षकमा त्यस्तो सक्षमता छैन तर उनीहरू आफ्ना विद्यार्थीमाझ प्रभावककारी शिक्षण गर्न चाहन्छन् भने पुनर्ताजगी तालिमको व्यवस्था त हुनुपर्छ । हाल फाटफुट गैरसरकारी संस्थाले दिएको बाहेक सरकारको तर्पmबाट कुनै तालिमको व्यवस्था हुन सकेको छैन । अब शिक्षकलाई छोटो अवधिका पुनर्ताजगी तालिमको कार्यक्रम ल्याइनुपर्छ । अझ सम्भव भएसम्म प्रत्येक विद्यालयमा गएर शिक्षकको माग अनुसारको तालिम प्रदान गर्नुपर्छ । कक्षा अवलोकन, निरीक्षण र मूल्याङ्कनको जिम्मा प्रध्यानाध्यापकलाई नै दिनुपर्छ । प्रध्यानाध्यापक उच्च योग्यताको हुनुपर्छ । उसलाई निश्चित कार्यादेशसहित कार्यान्वयनको जिम्मेबारी दिनसकेमा तालिम कार्यक्रम प्रभावकारी हुनसक्ने सम्भावना हुन्छ । सिकाइलाई जीवन्त र जीवनोपयोगी बनाउन शिक्षकमा नियमितता, जागरुकता, लगनशीलता, उत्प्रेरणा र पेशाप्रति सम्मान अनि आदरभाव हुनुका साथै विद्यार्थीप्रतिको जिम्मेवारी र कर्तव्यबोध हुनुपर्छ । नेपालमा अति नै उत्कृष्ट र आदर्श सम्मानयोग्य शिक्षकहरू नभएका होइनन् तर सबै शिक्षकलाई एउटै डालोमा राखेर हेर्ने प्रवृत्तिले मात्र गर्ने शिक्षकमा पनि नैराश्य आएको हो ।
हिजोआज पुराना शिक्षा राम्रा छैनन्, उनीहरूले राम्रो पढाउँदैनन्, अहिले शिक्षक सेवा आयोगबाट सफल भएर आएका शिक्षकहरू राम्रा छन् भन्ने पनि सुनिँदै आएको छ । तर शिक्षण पेशामा अनुभवको पनि महŒवपूर्ण स्थान हुन्छ । धेरै वर्ष पढाएर अनुभवप्राप्त शिक्षकहरू आधुनिक शैक्षणिक प्रविधिसँग अभ्यस्त हुन नसक्लान् तर उनीहरू सबै केही पढाउनै सक्दैनन् भन्ने चाहिँ होइन । नवप्रवेशी शिक्षकलाई पनि सेवा प्रवेश तालिम दिनुपर्छ अनि मात्र उनीहरूले प्रभावकारी शिक्षण गर्न सक्छन् । हाल स्थानीय तहको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारको काँधमा छ तर सङ्घीय ऐन नियम नआइसकेको हुनाले पनि सबै तहका व्यक्तित्वलाई काम गर्न अप्ठ्यारो भएको छ ।

(लेखक सामुदायिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ । )
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?