logo
२०८१ मंसिर ६ बिहीवार



नवीनतम सोच, जाँगर र परिवर्तन

विचार/दृष्टिकोण |




सुनीता बराल

छिमेकी मुलुक चीनले सांस्कृतिक क्रान्ति सकिएलगत्तै आर्थिक सुधार र रूपान्तरणको प्रक्रिया प्रारम्भ ग¥यो । सांस्कृतिक, सामाजिक र राजनीतिक सुधारको थालनी गर्दै चीन नवीन युगमा प्रवेश ग¥यो । राष्ट्र निर्माणको समग्र उत्तरदायित्व युवालाई दियो । न्यूनतम कार्यक्रम निर्माण गर्ने टोलीदेखि उच्च नेतृत्वसम्मका हरेक तहमा युवाको समान अनुपातमा संलग्न गराएर विकास कार्य प्रारम्भ गर्दा चीन सन् १९९० को दशकमै अग्रगामी छलाङ मार्न सफल भइसकेको थियो । सन् २०१९ मा आइपुग्दा विश्वशक्ति चीनको युवादस्ता ‘युथ कम्युनिष्ट लिग’ मा आठ करोड ९० लाख युवा आबद्ध छन् । ती राष्ट्रोत्थानमा सक्रिय छन् ।
तर नेपालमा समृद्धि र विकास निर्माणको सबैभन्दा महŒवपूर्ण चरण सुरुआत हुँदै गर्दा ५० लाखभन्दा धेरै युवा रोजगारीका लागि विदेशमा छन् । जीवनको सबैभन्दा उर्बर समय र शक्ति मरुभूमि खन्न खर्चेर नेपालमा जोडेको पाँच धुर जग्गामा दोस्रो तला थप्न तल्लीन छन्, ‘देश बनाउने युवा । ’ अर्को यथार्थ, धेरै युवा काठको बाकसमा छोपिएर फर्कंदै गरेका छन् तथापि मुलुकले काँचुली फेर्ने बेला सन्निकट छ । यो वास्तविकतालाई स्वीकारेर समृद्ध नेपालको अभियानमा सगर्व सहभागी हुनु छ । विदेशमा रहेका नेपालीहरूलाई ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा जोडेर स्वदेशको विकास र आमूल परिवर्तनको सङ्कल्प पूरा गर्नु राष्ट्रिय दायित्व हो । यसका लागि सरकार, राजनीतिक दल र विकासका पक्षपाती युवा आ–आफ्ना एजेण्डामार्फत जोडिनुपर्छ ।
मूलधारमा युवा
नेपाली कम्युनिस्ट आन्दोलन वैचारिक विविधता, विमतिले कुनै समय कमजोर बनेको थियो । फलतः राज्य सञ्चालनको बागडोर नै तानाशाही सामन्त र प्रतिक्रियावादीलाई सुम्पिनुपरेको थियो । वाम आन्दोलन अहिले एकताबद्ध भएको छ । बहुदलीय लोकतन्त्र र बन्दुकको नालबाट सत्ता प्राप्तिको एजेण्डा बोकेका कम्युनिस्ट पार्टीहरू अन्ततः एक भएका छन् । न त बहुदलीय लोकतन्त्र मात्रै सामन्तीहरूको समूल नाशको मार्ग बन्यो, न जनयुद्धको बन्दुकले सिङ्गो सत्ता प्राप्त ग¥यो । जब यी दुई विचार एक ठाउँमा आइपुगे मुलुकमा स्थापित गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी व्यवस्था जस्ता दीर्घकालीन परिवर्तनका मानक स्थापित भएका छन् ।
स्थायित्व र समृद्धिको यात्रा सुनिश्चित भयो । क्रमशः यसलाई कार्यान्वयनको दिशामा लैजान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिबद्ध भएर लागेको छ । प्रधानमन्त्री ओलीले असोज ३ गते संविधान दिवसमा मुलुकभरिका सरकारी, गैरसरकारी कार्यालय तथा विद्यालय, कजेल, विश्वविद्यालयमा राष्ट्रिय झण्डा अनिवार्य रूपमा राख्न निर्देशन दिनुभएको छ । राष्ट्रिय स्वाभिमान र हरेक नेपालीलाई एकताको सूत्रमा बाँध्ने प्रधानमन्त्रीको अठोटको प्रतीक हो निर्देशन । यसको कार्यान्वयनमा सहयोग गर्नु हाम्रो दायित्व हो । संविधान दिवस जनता विजयी भएको दिन हो । राष्ट्रिय झण्डा देशको चिनारी हो, इतिहास हो । अझ बढी नेपालको राष्ट्रिय झण्डा एक अजय निशानी हो । प्रधानमन्त्रीले दिनुभएको निर्देशन लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत र प्रगतिशील बनाउनेतर्फ केन्द्रित र लक्षित छ । राष्ट्रियता सबल र सुदृढ बनाउनेतर्फ प्रेरित छ ।
अब सरकारको दायित्व आर्थिक क्रान्तिमा युवाको उच्च सहभागिता गराउनु हो । त्यसका लागि सरकारको नीतिले मात्र पुग्दैन, पार्टीहरूले संरचनागत सुधार गर्नुपर्छ । युवालाई एउटा पार्टीको सिद्धान्तशास्त्र मात्रै रटाउनु हुँदैन । कार्यक्रमिक योजना निर्माण गर्नुपर्छ । युवालाई राष्ट्र, राष्ट्रियताको सवाल पहिलो हो भन्ने बुझाउनुपर्छ । नेपाल जटिल सामरिक अवस्थितिमा छ । छिमेकमा देखिएको राजनीतिक सङ्कटको सामरिक असर नेपालमा पर्छ । त्यसैले राष्ट्रियता बलियो बनाउने पक्षमा राजनीतिक दलहरूले काम गर्नुपर्छ । राष्ट्रियता बलियो बनाउने आधार तयार गर्नुपर्छ । यसमा सबैभन्दा महŒवपूर्ण भूमिका युवाले नै खेल्न सक्छन् ।
राष्ट्रियताभन्दा प्राथमिकतामा पार्टीको सिद्धान्तको हुन सक्दैन । पार्टीको नीति राष्ट्रियतालाई बलियो बनाउने र राष्ट्रलाई समृद्ध बनाउन केन्द्रित हुनुपर्छ । समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्ने जिम्मेवारी पार्टीकै हो । हाम्रा कार्यगत क्षेत्रहरू फरक–फरक हुन सक्छन् । त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा गम्भीर बहस अहिल्यै थाल्नुपर्छ ।
दक्ष युवा जनशक्ति
मुलुकमा सञ्चालित ठूला उद्योग तथा अस्पतालमा आवश्यक जनशक्ति आयात गर्नुपर्ने बाध्यता छ । प्राविधिक शिक्षाको पहुँच विस्तार हुन नसक्दा मुलुकले ठूलो आर्थिक हानि व्यहोर्नुपरिरहेको छ । यो समस्याको निदान एउटा मात्रै छ, त्यो हो– दक्ष प्राविधिक जनशक्तिको उत्पादन ।
पहिलो पुस्ताको अनुभवलाई राज्य सञ्चालनको हरेक काममा सदुपयोग गर्न सकिन्छ । दोस्रो पुस्ताले आफ्नो अनुभव अनुसार युवा परिचालन गर्नेछन् । युवा पुस्ता नवीनतम सोच, जाँगर र परिवर्तनको अठोटका साथ राष्ट्र निर्माणको महाभियानमा एकाकार हुनेछन् । आर्थिक समृद्धि र विकासको लक्ष्य हासिल गर्ने सरकारको योजनामा ती युवा सहायक बन्नेछन् । तर यसका लागि सरकारले दक्ष जनशक्ति उत्पादन र परिचालनको दीर्घकालीन योजना बनाएर युवा सहभागिता प्रेरित गर्नुपर्छ ।
राज्य संयन्त्र र युवा व्यवस्थापनको चुनौती
लामो समयसम्म सामन्तहरूको चाकडी गर्नुपर्ने अवस्थाबाट गुज्रिएको नेपालको प्रशासनमा लोकतान्त्रिक चेतनायुक्त युवा पङ्क्ति राष्ट्रसेवामा आजीवन योगदान दिने सङ्कल्प बोकेर प्रवेश गरेको छ । यो पुस्ताले लोकतन्त्रको मूल्य स्थापित गर्नेछ । त्यसलाई सुदृढ बनाउने दायित्व पनि तिनै युवाले लिएका छन् ।
राजनीतिक एजेन्डासहितको विचार बोकेको र लोकतन्त्रप्रति प्रतिबद्ध पुस्तालाई राष्ट्रभावबाट ओतप्रोत गराएर विभिन्न निकायमा प्रवेश गराउनुपर्छ । त्यसपछि मात्रै बुर्जुवा शैलीको कर्मचारीतन्त्रको अवशेष मेटिनेछ । जसबाट युवा व्यवस्थापनमा सहयोग पुग्छ साथै सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक हुन्छ । आफ्नो दक्षता वृद्धिको सवालमा युवा सधैँ जिम्मेवार र चनाखो बनेका छन्÷बन्नुपर्छ । अहिले गरिरहेको कामलाई जीवनसँग जोड्दै अझ परिष्कृत गरेर लानुपर्छ । युवालाई प्राविधिक क्षेत्रसँग जोड्ने तारतम्य राज्यले नै मिलाइदिनुपर्छ । युवाको सवालमा जीवनोपयोगी शिक्षा दिन राज्यको ध्यान आवश्यक छ । युवाको क्षमतालाई सबैभन्दा बढी सदुपयोग गरेर राष्ट्रिय निर्माणमा योगदान दिने अवसर राज्य नै अघि नसरेसम्म सम्भव छैन । समृद्धिको अभियानमा चलायमान हुने पहिलो पङ्क्ति युवा नै हुन् ।
स्थानीय सरकार र युवा परिचालनको सवालमा पनि राज्यले ध्यान दिनुपर्छ । स्थानीय तहको निर्वाचनले धेरै क्षेत्रमा युवा नेतृत्व छानेको छ । काम गर्ने उत्साह बोकेको युवा पङ्क्तिले नेतृत्व पाएको छ । जनताको अपेक्षा र स्थानीयदेखि केन्द्रसम्मका सरकारसँग छ । तर सोचे अनुरूपको काम भएको छैन भन्ने जनगुनासो अन्देखा गर्न मिल्दैन । प्रष्ट विचार र दीर्घकालीन योजनासहित युवा परिचालनले मात्रै मुलुकको समूल परिवर्तन सम्भव छ ।
परिवर्तित सन्दर्भमा शिक्षा
शिक्षामा भइरहेको विश्वव्यापी परिवर्तनलाई नेपाली शैक्षिक क्षेत्रमा जोड्नुपर्छ । विद्यालय तहको पढाइ सकेर बाहिर निस्किँदा जीवन निर्वाह गर्नसक्ने शिक्षा दिनुपर्छ । क्षमता, योग्यता, सीप र दक्षता हासिल गरेको जनशक्तिले नै भविष्यमा राष्ट्रको नेतृत्व लिन सक्ने हो । उच्चशिक्षाका लागि जानुअघि एउटा युवा विद्यार्थीले आफ्नो सीपले नै बाँच्न सक्ने आधार तयार गर्नुपर्छ । त्यसैले युवालाई उत्पादनसँग जोड्नुको विकल्प छैन । युवा कुनै पार्टीसँग जोडिएलान् तर यो देशका युवाको दायित्व सरकारले लिनैपर्छ । सीप, क्षमता र दक्षता अभिवृद्धि गरी युगीन परिवर्तनको पथमा युवालाई हिँडाउनुपर्छ । यसका लागि शिक्षा, पर्यटन, स्वास्थ्यलगायत सम्भावनायुक्त क्षेत्रको पहिचान दक्ष जनशक्ति विकासको वातावरण राज्यले निर्माण गरे आगामी १० वर्षमा ती क्षेत्रको कायापलट हुन्छ ।
युवालाई आर्थिक उपार्जनमा लाग्न प्रेरित गर्ने दीर्घकालीन योजना बन्नुपर्छ । विवेकयुक्त ज्ञानविज्ञानको विकास र आलोचनात्मक चेतको विकास गर्ने शिक्षा प्रणाली लागू गर्नुपर्छ । नभए आगामी पुस्ताका युवा आमूल परिवर्तनभन्दा पश्चगामी सोचतर्फ जान प्रेरित हुनेछन् । मुलुकको समग्र रूपान्तरणका लागि सधैँको बाधा चिर्न राजनीतिक नेतृत्व गम्भीर र समीक्षात्मक बन्नुपर्छ । समयानुकूल सोचमा परिवर्तन गरी गतिशील चेतना प्रवाह गर्नसक्ने नेतृत्व निर्माण हुनैपर्छ ।

(लेखक नेकपाको युवा विद्यार्थी विशेष जिल्ला कमिटी सचिव हुनुहुन्छ । )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?