logo
२०८१ बैशाख १४ शुक्रवार



भ्रमण वर्ष सफलताका लागि

विचार/दृष्टिकोण |




रमेश भट्टराई ‘सहृदयी’

नेपाल भ्रमण वर्ष २०२० को लक्ष्यलाई अबका चार महिनासम्ममा पूरा गर्नुपर्ने लक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग जनताको आशा र भरोसा जोडिएको छ । मन्त्री भट्टराईसँग आशा गर्नुको अर्थ– सायद युवा र जुझारु देखिएको पुस्तालाई आक्लझुक्कल सत्तामा देख्न पाउँदाको एउटा खुसी हो । उहाँलाई सामाजिक सञ्जालमा ओइरिएको बधाईको पुञ्जले नै आशाका किरणहरू तरङ्गित भएको देखाउँछ ।
पर्यटन वर्ष र उड्डयन चुनौती
२०२० सम्ममा २० लाख पर्यटकलाई नेपाल भिœयाउने लक्ष्य छ । २०१८ सम्ममा ११ लाख ७७ हजार विदेशी पर्यटक नेपालमा भित्रिए । यो अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि पनि हो । सरकारले सन् २०२० सम्ममा नै भारतबाट पाँच करोड र चीनबाट २० करोड नागरिक नेपालमा पर्यटकीय लक्ष्यका साथ आउने प्रक्षेपण गरेको छ । जसअनुसार अर्बौँको राजस्व विकास तथा १० लाखलाई रोजगारी दिलाउने परिकल्पना छ । त्यसो सन् २०१७ तिरै २०२५ सम्ममा २५ लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य पहिल्यै लिइएको देखिन्छ । यसका लागि आवश्यक डिजिटल मार्केटिङ, प्रचारप्रसार गर्नुपर्ने विषयमा पहलकदमी भएका छन् । बुटिक विमानस्थल निर्माणार्थ मन्त्री भट्टराईले रोजगारीको सिर्जना, गरिबी निवारण तथा समावेशी विकासको जगमा आर्थिक विकासको कार्यलाई समेट्ने योजना कार्यान्वयन गर्न थाल्नुभएको देखिन्छ । खुला आकाशको नीतिसँग हवाइ सुरक्षासम्बन्धी प्रतिवेदन २०१९ बाट पनि सुधारात्मक आधार तय भएको बुझिन्छ । असरल्ल समस्याको चाङभित्रको विमानस्थललाई चुट्कीका भरमा सुधारेर भ्रमण वर्ष सफल पार्न जटिल छ तर निजीक्षेत्रसँग हातेमालो गरेर पर्यटन प्रवद्र्धनमा जुट्ने अठोट छ ।
नेपालले पहिलोपटक ‘नेपाल भ्रमण वर्ष १९९८’ भनेर पाँच लाख पर्यटक विदेशी पर्यटक भिœयाउने लक्ष्य लिएकोमा चार लाख ६३ हजार ६८४ जनालाई स्वागत गरेको थियो । त्यस्तै सन् १९९९ मा चार लाख ९१ हजार पाँचसय चार जना ‘नेपाल पर्यटन वर्ष २०११’ मा सात लाख ३६ हजार २१५ जना, ‘नेपाल पर्यटन वर्ष÷लुम्बिनी भ्रमण वर्ष २०१२’ मा आठ लाख ३० हजार ९२ जना, नेपाल पर्यटन वर्ष २०१५ मा पाँच लाख ३८ हजार ९७० जना विदेशी पर्यटकलाई भिœयाएको थियो । सन् २०१५ मा नाकाबन्दी, भूकम्प, बाढी आदि प्रकोपको समस्याले झापड हान्यो ।
वर्तमान अवस्थामा राजनीतिक र प्राकृतिक समस्याभन्दा बढी प्राविधिक जटिलता छन् । नेपालले हवाई चाप र ट्राफिक व्यवस्थापन, इन्धन मूल्यमा छिमेकीसँग समझदारी, कम पार्किङ शुल्क व्यवस्थापन, ट्रली, सञ्चार, शौचालय, सरसफाइ व्यवस्थापनदेखि अनलाइन भिसा र टिकटको सुलभ प्रबन्ध गर्न सक्नुपर्छ । सुनकाण्डका घटना विमानस्थलभित्रै भए । नेपालमा ६० सिरिजका जहाज त ग्राउन्डेड छन् । सवारी पार्किङमा आडम्बरीपना छन् । मुलुकको सहरी क्षेत्रका फोहोर व्यवस्थापनका चुनौतीदेखि आन्तरिक र बाह्य पर्यटन विकासका लागि तत्कालीन र दीर्घकालीन योजना कार्यान्वयनका विषय सहज छैनन् ।
अध्ययनलाई हेर्दा हाल नेपालमा १५ वटा पाँचतारे होटल छन् । करिब २५ लाख पर्यटकलाई सेवा दिने गरी नेपालमा ६६० वटा तारे तथा पर्यटकीय होटल छन् । यसर्थ लक्ष्यसम्म पुग्नलाई लाभांश वितरण गर्नेदेखि मातहतका निकायलाई सबल बनाउनुपर्ने देखिन्छ । आवश्यक पूर्वाधार र जनशक्ति विकासदेखि ट्राभल तथा टुरिजमलाई प्रभावकारी नबनाई समस्या सुल्झाउन गाह्रो छ । सडक, विमानस्थल, होटलदेखि मूलतः पर्यटकीय गन्तव्य क्षेत्र सुधारका विषयमा ध्यान पु¥याउनु छ । नेपाली उड्डयनका विविध समस्याका कारण सन् २०१३ देखि युरोपले नेपाललाई कालोसूचीबाट हटाउन अस्वीकार गरेको छ तर मन्त्री भट्टराईका अनुसार सरदर ६० प्रतिशतको मापदण्डमध्ये नेपालको ६६ दशमलव ५ रहेकाले अब उक्त समस्या हल हुनुपर्ने दाबी गरिएको छ । यो खुसीको सङ्केत हो ।
हाल अन्तर्राष्ट्रिय मापदण्ड विकासार्थ सभा, सम्मेलन र छुट्टै अध्यागमन काउन्टर खोल्नेदेखि विमानस्थलमा सेवारत कर्मचारीलाई आवश्यक सकारात्मक सोचसहितको सेवा विकासमूलक तालिम दिने विशेष योजना रहेको बुझिन्छ । तर साँच्चै भन्दा काठमाडौँमा घुम्न आएका आन्तरिक या बाह्य पर्यटकलाई राम्रोसँग चर्पीको सुविधा छैन । पर्यटक सेवा सुविधा, स्वास्थ्य, स्वागत, प्रेमभाव या त सहज परिवेशदेखि हवाईक्षेत्रको संस्थागत सुरक्षा र विकासको स्तरीकरणका विषयमा भइरहेका प्रयास अवश्य सराहनीय रहेको बोध हुन्छ । हुन त आज सरकार ३० पर्यटकीय गन्तव्यको विकासार्थ कटिबद्ध छ । यतिखेर मन्त्री भट्टराईका काँधमा नेपाल वायुसेवा निगमको आजसम्मको जटिलतालाई सुधार गर्नुसँगै पोखरा र भैरहवा विमानस्थललाई प्रभावकारी सञ्चालन गर्न योग्य तुल्याउनु छ । जोमसोम, डोल्पा, लुक्ला, सिमिकोट, सुकेटारलगायतका पहाडी क्षेत्रका विमानस्थलमा देखिएका संवेदनशील वातावरणलाई समाधान खोज्नु चुनौतीपूर्ण छ । निजगढ विमानस्थललाई विदेशी लगानीमा सम्पन्न गर्ने आधार नपाए नेपालले आपैmँ गर्न सक्ने उद्घोष गर्नुभएका भट्टराईले त्यहाँको वन सम्पदाको विनाश र प्रकृति दोहन हुने विषयमा अवश्य पनि विकल्प या समाधान खोज्नुपर्ने देखिन्छ । देशका ध्वस्त सांस्कृतिक, पुराताŒिवक सम्पदाको पुनर्निर्माणलाई इतिहास नबिग्रने गरी सम्पन्न गराउनुपर्ने अवस्था छ ।
पर्यटकले भ्रमण गर्नु भनेको आगामी दिनमा अन्य पर्यटकलाई निम्ता दिनु पनि हो । भ्रमण वर्षले नेपाली बजारका उत्पादनलाई, प्राकृतिक तथा सांस्कृतिक वैभवलाई विश्वबजारमा लैजान निजी तथा सरकारी सबै निकायले अपनत्वको भाव बोध गर्नुपर्छ । सरकारले यसका लागि लगानीमैत्री वातावरणलाई विकास गर्ने ‘भिजन र मिसन’ को दीर्घकालिक र प्रभावकारी योजना अनुसार कानुनी दायराको ढाँचा तय गर्नुपर्ने देखिन्छ । नयाँ गन्तव्य पहिचान गरी जनचेतना, जनशक्ति व्यवस्थापन नगरिए समय र श्रम खर्चिने अनि बजेट उडाउने प्रपञ्चको खतराले लखेट्छ । हरेक वर्षलाई पर्यटन वर्ष बनाउन सक्ने खुबी भएको नेपालले आजसम्म यस विषयमा गहन विचार गर्न नसकेको देखिन्छ ।
राजनीतिगत अन्तरविरोधले पर्यटन प्रशासन र संरचनाको गुदी नै सशक्त घाइते छ । आज विश्वबजारलाई हेरेर यहाँका सम्भाव्यता, अवस्था र कार्यान्वयन पक्षभित्रका नवीनता नियालिनु अत्यावश्यक छ । दशौँ अर्ब ऋणमा डुबेको नेपाल वायुसेवा निगमलाई उकास्ने विषयलाई छोटो समयमा ठूलो जिम्मेवारी बोक्नुपर्ने विषयको हो । आगामी पुस माघसम्ममा निजगढ विमानस्थलको कार्य प्रारम्भको समयसीमा तोकिएको विषयदेखि नेपालमै हवाई स्कुल खोल्ने विचारले आशा बढाएको छ । पाँच सदस्यीय समिति गठन गर्नु, निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको सम्बन्धमा छलफल गरी त्यहाँका अस्तु, रामग्राम स्तुप अवलोकन गर्नुलगायतका कार्यकलापले सफल कर्मशीलतालाई सङ्केत गर्दैछ । पर्यटन विभागका अनुसार गत वसन्त ऋतुमा ४९ देशका ६४४ पर्वतारोहीले सगरमाथा आरोहण गरे । तर अब नेपालको ६ हजार पाँच सय मिटरभन्दा अग्ला हिमाल आरोहीलाई मात्र सगरमाथा आरोहणार्थ स्वीकृत दिनुपर्ने प्रावधान ल्याउन लागिएको विषय पनि मननीय छ ।
आन्तरिक सभ्यता विकास
अर्थतन्त्र विकासको मुख्य कार्य पर्यटन सुधार हो तर यहाँका रैथाने ज्ञान, कला, संस्कृति, सांस्कृतिक कौशल विकास लगायतका विषयमा ध्यान नदिए हामी अधुरा बन्छौँ । हामीले ‘अतिथि देवो भव’ भनेर आफ्नो संस्कृतिलाई बलिदानी दिनतिर ढल्कियौँ भने त्यो राष्ट्रियता मार्ने कुकृत्य हुन जान्छ । नेपाल पर्यटकीय सम्भाव्यतालाई छातीभरि बोकेर प्रभावकारी व्यवस्थापन गर्ने तथा लगानी गर्ने दुईवटा समस्याको अभावमा तड्पेको मुलुक हो । मूलतः हिमाली, पहाडी क्षेत्र तथा तराई, उपत्यकाका धार्मिक, प्राकृतिक परिवेशलाई पर्यटकीय सौन्दर्य र गन्तव्य बनाउँदै जाने हो भने नेपालको आय आर्जनको आधार बलियो बन्छ । यातायातका साधनको प्रभावकारी व्यवस्थापनको विपरीत जथाभावी चर्को भाडादर कायम गर्ने दलाल समूहलाई ठेगान नलगाए यो विषय आन्तरिक पर्यटन विकासको बाधक बनिरहन्छ । आन्तरिक पर्यटनलाई उपेक्षा गरेर नेपालले निरन्तर अर्थतन्त्रलाई सबल तुल्याउने सपना बुन्न सक्दैन ।
सडक छेउमा, बजारमा माग्नेहरूले जबर्जस्ती खेदीखेदी मागेको या त आफ्ना सामान किनिदिन गरेको ढिपीले नेपाललाई मगन्तेहरूको देश बनाइरहेको गलत सन्देश बाहिरिएको देखिन्छ । होटलमा ठग्ने या त ट्याक्सीलगायत अन्य क्षेत्रमा पनि साबिकभन्दा बढी पैसा असुली गर्ने गरेका घटनालाई मनोवैज्ञानिक रुपमा गम्भीर असर पार्छ । अतः गुणस्तरीय इज्जत विकास गर्न राज्यले नै दोभाषेको व्यवस्थादेखि एयरपोर्टमै सरकारी स्तरको पर्यटन सहायता कक्ष राखी त्यहाँबाटै सहज सुविधाको प्रबन्ध गरिनु उत्तम हुन्छ । निजीकरणबाट दिइने सुविधाभन्दा राम्रो र प्रभावकारी सुविधा दिइने प्रावधानलाई केन्द्रदेखि प्रदेशसम्म विस्तार गरिनु आवश्यक रहेको देखिन्छ । सफारी, गोरेटो, घोडेटोदेखि गाउँ घरकै होमस्टेसम्मको विकास, स्थानीय पर्यटकीय सम्भाव्यतामा सबै समुदाय जागृती, निजीक्षेत्रका होटेल, कटेज, मचान, धारा–चौताराको प्रभावकारी विकासदेखि सारा नेपालीको एकताले मात्र यस भ्रमण वर्षको लक्ष्यसम्म पुग्न सकिने आधार विकास हुनसक्छ ।

(लेखक आदर्श बहुमुखी क्याम्पस, धादिङमा प्राध्यापनरत हुनुहुन्छ । )

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?