logo
२०८१ मंसिर ७ शुक्रवार



दूधेदाँतको महत्त्व

विचार/दृष्टिकोण |





डा. प्रकाश बुढाथोकी

विश्व स्वास्थ्य सङ्गठन र एफडीआईका अनुसार ९० प्रतिशतसम्म स्कुले विद्यार्थीमा दन्तसडन छ । विद्यालयमा अनुपस्थिति हुनुको पहिलो कारण दाँत दुखाइ रहेको पाइएको छ । एक दशकपहिले नेपालमा भएको एकमात्र ओरल हेल्थ पाइलट सर्वेअनुसार बच्चामा उपचार नगरिएको दन्तसडन कुपोषण ५३ प्रतिशत र भिटामिन ‘ए’ को कमी ५८ प्रतिशतभन्दा बढी छ । १०६ विद्यालयका आठ देखि १४ वर्षका विद्यार्थीमा गरिएको क्रस सेक्सनल सर्वेमा ४५ प्रतिशतले दा“तको दुखाइ, ६० प्रतिशतले खान नसकेको, १४ प्रतिशतले अनिद्रा, सात प्रतिशतले आर्थिक बोझ, छ प्रतिशतले खेल्न नसकेको, पाँच प्रतिशतले विद्यालय जान नसकेको, दुई प्रतिशतले गृहकार्य गर्न नसकेको र छ प्रतिशतले उपरोतm सबै समस्या भोगेको बताएका थिए । देशका दुई हजार ५०० बढी निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा पु¥याउँदा स्वास्थ्य शिविरमा आएका बालबालिकामध्ये अत्यधिक मात्रामा दन्तरोगको सिकायत नै छ ।
दाँतको विकास
मानव भ्रुण सात हप्ता हुँदा नै दूधेदाँतको विकासक्रम सुरु हुन्छ र साह्रो हुनेक्रम चार–छ महिनामा सुरु हुन्छ । दाँतको विकासक्रम मानिसको उमेर १८–२० वर्ष हुँदासम्म निरन्तर भइरहन्छ । मुखमा दाँत देखिने पुरुषमा भन्दा महिलामा पहिले, माथिको भन्दा तलको दाँत पहिले हुने गर्दछ । बालक जन्मिएको छ महिनादेखि मुखमा तल्तिरको अघिल्लो दाँत ९सेन्ट्रल इन्साइजर० बाट देखापर्न थाल्छ, जसलाई दा“त उम्रेको भनिन्छ । त्यसैक्रममा लगभग हरेक छ–छ महिनामा ३० महिनासम्म चार–चारवटा दाँत उम्रन्छन् । दूधेदाँत ३० महिनादेखि छ वर्षसम्म रहन्छन् र छ वर्षदेखि दाँत फेरिनेक्रम सुरु भई १३ वर्षसम्म सबै दुधेदाँत फेरिई वयस्क स्थायी दाँत आइसक्छन् । गर्भावस्थामा आमाको बानी, जीवनशैली र व्यवहारले बच्चाको दन्त्य स्वास्थ्यमा असर पारिरहेको हुन्छ ।
दाँत उमँ्रदाको समस्या
बच्चामा सबैभन्दा पहिलो दा“त आउ“दा वा छ महिना वरपरमा बच्चा बिरामी हुने तथा दुःख दिने अवस्थालाई टिथिङ सिन्ड्रोम भनिन्छ । बालक नसुत्ने, बेचैनी हुने, रुने, कराउने, ¥याल बढी छोड्ने, प्यास बढी लाग्ने, मुखमा दाग, घाउ, ¥याल देखापर्ने, बालकलाई ज्वरो आउने, पखाला लाग्ने, खाना खान नमान्ने र नखाने, वाकवाक लाग्ने, बान्ता हुने, शरीरमा दाग देखापर्ने, हैजा लाग्ने, कन्भल्सन, ब्रोन्काइटिस, टिटानस, रुघाखोकी लाग्नेजस्ता लक्षण देखिने गर्दछन् । बालकको दाँत उम्रने बेलामा गिजा चिलाउने भएकाले अगाडि जे भेट्यो मुखमा हाल्ने, खाने भएकाले पखाला लाग्ने, ज्वरो आउनेजस्ता रोग लाग्ने भएकाले बालकलाई उचित हेरचाहको जरुरत पर्दछ ।
पहिलो दाँत उम्रने बेलाजस्तो अन्य दा“त उम्रँदा बच्चाले दुःख दिँदैन । तर, कहिलेकाहीँ दा“त आउन नसक्ने अवस्थामा गिजा सुन्निने, गिजा नीलो हुने, दूध चुस्न र खान बच्चाले नमान्ने हुन्छ । टिथिङ सिन्ड्रोम सामान्य प्रक्रिया भएकाले दा“त आउनासाथै आफैँ ठीक हुन्छ । क्याल्सियम, ग्राइप वाटर राम्रो दाँतका लागि तथा चिलाउने समस्यालाई कम गर्न कागती दल्ने, टिथ रीजस्ता प्रयोग गर्ने चलन छ ।
दाँतमा कीरा
बालबालिकामा गुलियो, प्रशोधित खाद्यपदार्थ, चक्लेट, बिस्कुट, आइसक्रिमजस्ता खाने बढ्दो चलनले दा“तमा कीरा लाग्ने समस्या अत्यधिक मात्रामा देखिएको छ । दन्तसडनमा पहिले कालो, खैरो खाल्टो देखिन्छ । उत्पन्न खाल्टोमा खाना अड्किन्छ, सफा पनि हुँदैन, अम्ल उत्पन्न हुन्छ । खाना अड्कने, सिरिङ–सिरिङ हुने, खाना टोक्दा दुख्ने समस्या देखिन्छ । उपचार नगरे भित्री तह जरासम्म पुग्दछ र दा“त दुख्न सुरु हुन्छ तथा पिप जम्मा हुने, गिजा सुन्निने दाँत हल्लिने समस्या आउ“छ ।
दाँत निकाल्दा
दाँत फेरिने बेला भए नभएको दाँत हल्लिएको तथा बच्चाको उमेरअनुसार थाहा हुन्छ । हल्लिएको दा“त गाउँघरतिर डोरी, धागो, हात र घरेलु औजारको सहायताले फुकाल्ने चलन छ । प्रयोग गरिएका सामान र निकाल्ने तरिका नमिल्दा एकातिर दाँत भा“चिने, जरा रहने डर रहन्छ भने अर्कोतिर निर्मलीकरण नगरिएको र सफा शुद्ध नभएको औजार मुखभित्र प्रयोग गर्दा विभिन्न सङ्क्रामक रोग लाग्ने डर रहन्छ ।
दाँतको सरसफाइ
शिशुको जन्म भएदेखि नै गिजा, मुखको सरसफाइमा ध्यान दिनुपर्छ । बालक जन्मेदेखि दुई वर्ष नपुग्दासम्म खाना वा दूध चुसाइसकेपछि भिजेको सफा रुमाल, कपास वा टालोले गिजा, दा“त पुछिदिने गर्नुपर्छ । सानो टाउको भएको नरम ब्रसमा सानो केराउको दानाजत्रो मात्रामा फ्लोराइडयुक्त मन्जन राख्ने र दाँतको भित्र बाहिर र चपाउने भाग ध्यान दिएर गोलाकार रूपमा बिस्तारै माझ्ने वा सहायता गर्ने र मन्जन सके निल्न नभए थुक्न तर पखाल्न होइन लगाउनुपर्छ । उमेरअनुसार नया“ँ दाँत आउने, दाँत फेरिने हुने भएकाले सबै दा“तका सबै सतह नछुट्नेगरी सफा गर्नुपर्छ । दाँत माझिसकेपछि कुल्ला गर्दा दाँतको हेल्मेट र दन्त्य स्वास्थ्यको खोप–फ्लोराइड पखालिन्छ । बालबालिकालाई सात वर्षको उमेरसम्म ठीक प्रकारले दा“ँत माझ्न सहयोग गर्ने र यो बानी जारी राख्न उत्साह दिनुपर्दछ । हरेक दिन बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने र गुलियो खानेकुरा खाएपछि पानीले मुख कुल्ला गर्न लगाउनुपर्छ ।
दाँतको महŒव
अधिकांश अभिभावक कीरा लागेको दूधेदाँत, आफैँ झर्ने वा फेरिने दा“त भएको हँुदा यसलाई उपचार गर्न आवश्यक ठान्दैनन् र फुकाल्नतिर जोड दिन्छन् । प्रक्रियागत रूपमा दूधेदा“तलाई त्यसको सामान्य आयुसम्म बचाइराख्न जरुरी छ । समयअगावै दूधेदा“त फुकाल्दा पछि उक्त स्थानमा उम्रने नयाँ दा“त उम्रन नसक्ने, उम्रे पनि नमिल्ने, उछिट्टिने मुखको आकृति बिग्रनेजस्ता समस्या आइलाग्छन् । दन्तसडनले गाला सुन्निने, गालाभित्र घाउ हुने र दीर्घकालीन सङ्क्रमणले मुखको क्यान्सर, रक्तअल्पता, कुपोषण, कम तौल हुने खान, सुत्न, पढ्नजस्ता दैनिक क्रियाकलापसमेत गर्न समस्या पर्छ । हरेक छ महिनामा दन्त चिकित्सकस“ग बालबालिकालाई जचाउने गर्नुपर्छ । नियमित दन्त परीक्षणको सुरु बच्चा जन्मेदेखि नै गर्नुपर्छ । जसरी नियमित रूपमा हातखुट्टाका नङहरू कपाल लुगाकपडा जस्ता व्यक्तिगत सरसफाइ विद्यालयमा र घरमा परीक्षण गर्ने गरिन्छ, त्यसैगरी दा“त सफा गरे–नगरेको पनि परीक्षण गर्नुपर्छ ।

(लेखक सिनियर कन्सल्ट्यान्ट डेन्टल सर्जन हुनुहुन्छ । )

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?