देवराज अधिकारी
फल कुहाउने झिँगाका कारण सुन्तला जातका फलफूल खेती र हजारौँ किसान सङ्कटमा परेका छन् । दह्रो बोक्रा भएका सुन्तला जातका फलफूलहरू (जुनार, निबुवा आदि) को उत्पादनमा ह्रास आएको छ । पूर्वी नेपालका धनकुटा र तेह्रथुम जिल्लाबाट फैलिएको फल कुहाउने झिँगाले चार÷पाँच वर्षदेखि मध्य नेपालको पहाडी भेगको जुनार खेतीलाई प्रभावित पारेको छ । खासगरी जुनार उत्पादन हुने प्रमुख जिल्लाहरू सिन्धुली, रामेछाप, दोलखा र काभ्रेपलान्चोकमा यो झिँगा फैलिएको छ । यो झिँगाले उत्पादनमा नोक्सानीमात्र नगरी अन्तर्राष्ट्रिय फलफूल व्यापारमा समेत अप्ठेरो अवस्था सिर्जना गरेको छ ।
यो चाइनिज सिट्रस फ्लाई (ब्याक्ट्रोसेरा मिन्याक्स) कीराको उद्गमस्थल चीनबाट भुटान, सिक्किम हुँदै पूर्वी पहाडी भू–भागबाट देशमा प्रवेश गरेको अनुमान गरिन्छ । टाढा–टाढासम्म झिँगाको उड्ने क्षमता र आँैसा लागेका फलफूलको सजिलो ओसारपसारले यो कीरा अन्यत्र फैलिएको हो । पश्चिमी पहाडी जिल्लामा समेत यो प्रजातिको झिँगा फैलिएको शङ्का छ । यो झिँगाले गर्दा स्थानीय सुन्तला जात फलफूलको उत्पादनमा नोक्सानी पु¥याई कृषकको जीविकोपार्जनमा समेत असर पारेको छ । यो झिँगा कीराको सुव्यवस्थापन अभाव कायमै रहे भविष्यमा यस कीराले जुनारलगायत सुन्तला जातका फलफूलको उत्पादनमा ठूलो नोक्सानी पु¥याउनेछ ।
सिन्धुली जिल्लाको जुनार बगैँचाहरूमा २०७१ सालमा जुनार फल कुहाउने झिँगा पहिलोपटक देखियो । जसलाई अन्तर्राष्ट्रियस्तरमा चाइनिज सिट्रस फ्लाईको नामले चिनिन्छ । यसको वैज्ञानिक नाम ब्याक्ट्रोसेरा मिनाक्स हो । चीनमा उत्पत्ति भएको फल कुहाउने यो झिँगा यसअघि चीनलगायत भुटान, सिक्किम (भारत) र पूर्वी नेपालको मध्य पहाडी भू–भागमा मात्र भेटिन्थ्यो ।
जुनारको विनाशकारी कीराले २०७१ सालको कात्तिक–पुसमा सिन्धुली जिल्लाको जुनार खेतीमा फलहरू कुहाई नोक्सानी पु¥यायो । यो कीराबाट सिन्धुलीमा सरुवाती वर्षमा जुनार फलको नोक्सानी अनुमानित ५÷७ प्रतिशत थियो । यस्तैगरी, औँसा कीराको सङ्क्रमणले २०७२ सालको उत्पादनमा २१ प्रतिशत क्षति, २०७३ सालको उत्पादनमा २२ प्रतिशत क्षति र २०७४ सालको उत्पादनमा ३० प्रतिशत क्षति भएको तथ्याङ्क साबिकको जिल्ला कृषि विकास कार्यालय, सिन्धुलीले राखेको छ । त्यसपश्चात्का वर्षहरूमा पनि सिन्धुली र आसपासका जिल्लाहरूमा चाइनिज सिट्रस फ्लाई कीराको प्रकोप जुनारलगायत अन्य सुन्तला जातका फलफूलमा बढ्दो अवस्थामा छ ।
कीरा व्यवस्थापनमा पहल
यो कीरा नेपालको रैथाने कीरा होइन । चीनमा उत्पत्ति भएको यो कीरा भौगोलिक सीमा नाघेर नेपालभित्र पसी वानस्पतिक आहार उपलब्ध भएका स्थानहरूमा पैmलिरहेको छ । पूर्वी पहाडी भेगका जुनार र निबुवामा नोक्सानी पु¥याएको र सुन्तलामा यस थरीको फल कुहाउने झिँगाले नगन्य आक्रमण गरेको पाइएकाले त्यहाँको सुन्तला जातका फलफूलको खेती प्रणालीमा जुनार र निबुवालाई सुन्तलाले प्रतिस्थापन गरेको छ । यद्यपि, सुन्तलामा छिटफुट रूपमा यसको सङ्क्रमण भेटिएको छ । सुन्तलामा फल कुहाउने औँसा एक÷दुई केस्रामा मात्र सीमित भई फलमा क्षति नगन्य हुन्छ । यो कीराको नियन्त्रणका लागि सरकारी संयन्त्र, किसान र व्यापारी सबैको हातेमालो जरुरी हुन्छ । यस सन्दर्भमा कीराको तत्कालीन तथा दीर्घकालीन रणनीति तय गरी अघि बढ्नु जरुरी छ ।
कीराले सुन्तला जातका फलफूल उत्पादनमा पारेको नोक्सानी, क्षतिको विवरण र कीराको फैलावटको तथ्याङ्क सङ्कलन गरी यसबाट कृषकवर्गमा परेको सामाजिक, आर्थिक प्रभावको लेखाजोखा गर्नु आवश्यक छ । सङ्क्रमित फलको ओसारपसारले हुन सक्ने कीराको पैmलावट रोक्न आन्तरिक क्वारेन्टाइनको समयोचित अवलम्बन नगरी यसको नियन्त्रण गर्न सकिन्न । यस्तै, कीराको गाम्भीर्यता, पहिचान, जीवनचक्र र व्यवस्थापनका विधिहरूबारेमा स्थानीयस्तरमा कार्यरत कृषि प्राविधिकहरू, सरोकारी (उत्पादक कृषकहरू, व्यापारीवर्ग र उपभोक्ताहरू) लगायत सम्पूर्ण सरोकारवालाहरूमा प्राविधिक एवम् व्यवस्थापकीय जानकारीहरूको व्यापक रूपमा अभिवृद्धि प्रयास अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ । कीराका बारेमा नेपालकै सन्दर्भमा प्राविधिक जानकारी र व्यवस्थापनका विधिहरू पहिल्याउन अनुसन्धानमा जानुका साथै कीराको प्राविधिक तथा व्यवस्थापकीय सूचना आदान–प्रदानका लागि राष्ट्रिय कार्यदल गठन गर्नुपर्ने देखिन्छ । नेपालमा यस सम्बन्धित अनुसन्धानबाट प्राप्त सफल प्रविधिहरूलाई यो कीराको व्यवस्थापन अभ्यासमा समायोचित अवलम्बनका लागि सरकारी निकायहरू साथै सम्बन्धित कार्यक्षेत्रमा कार्यरत सङ्घ–संस्थाहरूबाट अनुदान सहयोग र समन्वयात्मक कार्य अगाडि बढाउनुपर्छ । कृषक स्वयम्को अनिवार्य साझेदारी, कीरा व्यवस्थापन निरन्तरता साथसाथै सुन्तलाजात फलफूल बगँैचाको स्तरीय व्यवस्थापन सम्बन्धित कृषि कर्महरूको उचित प्रवाह गर्नुपर्ने हुन्छ ।
यो कीराको व्यवस्थापनका लागि विभिन्न प्रयासहरू भइरहेका पनि छन् । नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जुनार सुपर जोन सिन्धुलीले आर्थिक वर्ष २०७५÷०७६ मा फल कुहाउने औँसा पार्ने झिँगा चाइनिज सिट्रस फ्लाई (व्याक्ट्रोसेरा मिन्याक्स) व्यवस्थापनका लागि क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम अवलम्बन गरेको छ । सुन्तला जातका फलफूल (जुनार) मा देखापरेको फल कुहाउने औँसा पार्ने झिँगा चाइनिज सिट्रस फ्लाई (व्याक्ट्रोसेरा मिन्याक्स) व्यवस्थापनका लागि गत वर्ष ०७५ मा परीक्षणका रूपमा गोलन्जोर–४, तीनकन्याको ८०० रोपनी बगैँचामा अपनाइएको क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम सफल भएपश्चात् यस वर्ष ०७६ (वैशाखदेखि साउनसम्म) सुपर जोन सिन्धुली क्षेत्रका जुनार बगैँचाधनीहरूको साझेदारीमा क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम अपनाइएको छ । कीराको जीवनी र आनीबानीमा आधारित व्यवस्थापन पद्धतिमा प्रोटिन बेट (ग्रेट फ्रुट फ्लाई बेट) स्पोट स्प्रे गरिएको हो ।
जुनार कृषक परिचयपत्रमार्फत फल्ने जुनार, निबुवा, कागतीको बोट सङ्ख्या र क्षेत्रफलको तथ्याङ्क सङ्कलन गरेर साझेदारी रकमअनुसार प्रोटिन बेट साथै क्षेत्रअनुसार जम्मा २६ जना स्प्रेकर्ताहरूलाई प्रशिक्षण दिई परिचालित गरिएको थियो । बगैँचामा झुल र प्रोटिन बेटको पासो प्रयोग गरी वयस्क झिँगा कीरा निस्कने समयको अनुगमन गरी प्रोटिन बेट ः ग्रेट फ्रुट फ्लाई बेट (प्रोटिन हाइड्रोलाइसेट २५ प्रतिशत र एबामेक्टिन ०.१ प्रतिशत) एक भागमा दुई भाग पानी मिसाई तयार गरिएको घोल ५० मिलि ०.५ देखि १ वर्गमिटर क्षेत्रफलमा प्रत्येक तीनवटा फलेका बोटहरूमध्ये एक बोटमा पातको तल्लो भागमा प्रत्येक हप्ता १० देखि १२ पटक स्प्रे गरिएको थियो । यसपालि क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रममा जुनार सुपर जोनको कार्यक्षेत्रभित्र क्लस्टर–क्लस्टर (जम्मा ८ क्लस्टरहरू) मा धेरै भूगोल समेटिएको छ । ती क्लस्टर धेरै ठूलादेखि एकदमै साना फल्ने जुनार, निबुवा, कागतीका बोटहरू भएका छन् । क्लस्टरभित्र केही बगँैचाहरूबाट साझेदारी रकम जुट्न सकेको छैन । साथै छिमेकी रामेछाप जिल्लाको जुनार बगैँचामा समेत यो प्रविधि अवलम्बन गरिएको छ । हाल (भदौदेखि कात्तिकसम्म) कीराले सङ्क्रमित फलहरूबाट निस्कने औँसालाई बगैँचाको जमिन र माटोमुनि अचल अवस्था वा प्युपामा जान नदिन सरसफाइ गर्न सुझाइएको छ ।
(लेखक जुनार सुपर जोन सिन्धुलीमा वरिष्ठ कृषि अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ ।)