logo
२०८१ मंसिर ९ आईतवार



मानव उद्विकासबारे भ्रम

विचार/दृष्टिकोण |




प्रमेश पोखरेल

ब्रह्माण्ड, पृथ्वी, जीवन र मानव उत्पत्ति एवम् विकासबारे अझै पनि पुराना मान्यता र विचारले स्थान पाएका छन् । यसका कारण विज्ञानमा खोजीको क्रम जारी रहनु र नयाँ सत्य, तथ्य पत्ता लाग्नु हो । यतिमात्र नभई, कतिपय धार्मिक मान्यताले समेत स्थान पाउनु, ज्ञानलाई समयानुकूल परिमार्जन नगर्नुु तथा विभिन्नखाले सिद्धान्तहरू प्रचलनमा रहनु पनि यसका कारण हुन् । ज्ञानको खोजी प्रक्रिया अत्यन्त तीव्र छ । बिग बैङ्ग (ब्रह्माण्ड र पृथ्वीको उत्पत्ति र विकास व्याख्या गर्ने सबैभन्दा विकसित सिद्धान्त) आउनुपूर्व सम्पूर्ण जगत्को सिर्जनाको व्याख्या फरक थियो । मानिसको उत्पत्ति र विकासको बुझाइमा पनि दिनानुदिन नयाँ विकासक्रम अगाडि आएका छन् ।
केही भ्रम
पहिलो भ्रम ब्रह्माण्ड, तारा र ग्रहको उत्पत्ति सम्बन्धमा छ । ब्रह्माण्ड, तारा र ग्रहसम्बन्धी उत्पत्ति र विकासको व्याख्या गर्ने विश्वसनीय र पछिल्लो सिद्धान्त बिग बैङ्ग नै हो । ब्रह्माण्डको उत्पत्ति आजभन्दा करिब १३.७ विलियन (१३ अर्ब ७० करोड वर्ष) अघि भएको मानिन्छ । अणु (एक सेन्टिमिटरलाई एक करोड भाग लगाउँदा त्यसको एक भाग) भन्दा पनि सानो एकाइ वा कणबाट माइक्रो सेकेन्डभन्दा कम समयमा ठूलो शक्तिका साथ विस्फोटनबाट बिग बैङ्गको सुरुवात भयो । त्यही सानो एकाइबाट बेलुन फुलेजस्तै ब्रह्माण्ड, समय र अन्तरीक्ष बन्यो । यसबाट लामो समयपछि कण र अर्को कणबीच आकर्षण गर्ने गरी गुरुत्व उत्पन्न भयो । बिग बैङ्गको प्रक्रियामा जुन ऊर्जा निस्कियो यसले क्वार्क, एन्टिक्वार्क, पार्टीकल, एन्टिपार्टीकल्स, इलेक्ट्रोन, पोजिट्रोन बनायो । यसै प्रक्रियामा विभिन्न फोर्सहरू छुट्टिए । पहिले न्युक्लियर अनि यिनकै न्युक्लियर प्रतिक्रियाबाट हाइड्रोजन, न्युटोन र प्रोटोनको प्रतिक्रियाका साथै सेलाउने र स्थिर हुनेक्रममा हिलियम बन्यो । अझै पनि ब्रह्माण्डको ७३ प्रतिशत पिण्ड हाइड्रोजन र २५ प्रतिशत हिलियम छ । तर, पृथ्वीमा अक्सिजन र नाइट्रोजनको मात्रा बढी छ । हाइड्रोजन र हिलियमको सिर्जनापछि गुरुत्वका कारण यसैबाट ठुल्ठूला तारा र तारापुञ्ज बने । तर प्रकाश, हाइड्रोजन, हिलियम, लिथियम र नाइट्रोजनजस्ता तŒवहरूको अस्थिरताका कारण ताराहरू पड्किए अर्थात् सुपरनोभा भयो ।
यो बिग बैङ्गपछिको ठूलो विस्फोटन हो । यसैबाट युरेनियम, सुन, कपर, जिङ्क, सिलिकन आदि धातुको सिर्जना भयो । त्यसपछि गह्रौँ धातु थिग्रिने र हल्का सतहमा रहने स्थिर प्रक्रियाको थालनी भयो । बिस्तारै थेग्रिने प्रक्रियामा गह्रौँ तŒवहरू युरेनियम, रेडियम, फलाम आदि पिँधमा र हलुका तŒवहरू सतहमा रहे । ४.६ विलियन वर्ष अघिसम्म यो ग्रह बन्ने प्रक्रिया चलिरहयो । त्यसैले सूर्य, पृथ्वीलगायत ब्रह्माण्डका सम्पूर्ण ग्रह, तारा, तारापुञ्जहरू बिग बैङ्गकै उपज हुन् ।
दोस्रो भ्रम मानिसको उत्पत्ति र विकास सम्बन्धमा छ । डार्विनको उद्विकासको सिद्धान्तको बुझाइमा पनि धेरै भ्रम रहेको पाइन्छ । मानिसलाई वनमान्छे, गुरिल्ला, ओराङ्गटन र बाँदरहरूका सन्ततिका रूपमा व्याख्या गरिन्छ । मानिसमात्र होइन, संसारका सम्पूर्ण प्राणी तथा वनस्पति उद्विकासको क्रममा रहेको हामीले बुझ्नुपर्छ । त्यसैले कुनै समयमा हालका मानव र मानवका सबैभन्दा नजिकका पाँच औँले स्तनधारी प्राणीको विकास एउटै शृङ्खलाबाट भए पनि त्यसपछि दुवैले विकासका विभिन्न चरण पार गरेका छन् । हेर्दा उस्तै लागे पनि मानिस र अन्य एप (मुख्यगरी चिम्पान्जी, गुरिल्ला आदि) एउटै पुर्खाबाट विकास भएका हुन् भन्नु र मानिसका पुर्खा एप हुन् भन्ने भनाइमा धेरै अन्तर छ । मानिस र बाँदरका पुर्खा एउटै थिए तर यो भन्दैमा अहिलेका बाँदर हाम्रा पुर्खा होइनन् । उद्विकाससम्बन्धी अर्काे भ्रम डाइनोसरबारे छ । डाइनोसरको युगमा संसारका सबैभन्दा विकसित प्राणी डाइनोसर नै थिए । त्यसबेला मानिस त के कुनै पनि स्तनधारी प्राणी र गुरिल्ला, चिम्पान्जीलगायतको उत्पत्ति भएको थिएन । आजभन्दा करिब छ करोड ५० लाख वर्षअघि संसारमा एपलगायतका विकसित जीवहरू देखापर्नुअघि डाइनोसरको युग थियो । त्यसैगरी, पृथ्वी बनेको साढे चार बिलियन वर्षअघि मङ्गल ग्रहको आकारजत्तिकै ठूलो एक पिण्ड पृथ्वीमा ठोकियो । अनि गुरुत्वबलका कारण नजिकै रहयो । यसको गुरुत्वबलका कारण पृथ्वीमा मौसम चक्रको सुरुवात भयो ।
पृथ्वीमा जीवनको सुरुवात
४.४ विलियन वर्षअघि आकाशमा बाफ थियो । त्यो बाफ चिसिनेक्रममा पानी प¥यो । पृथ्वी झन् चिसियो । लगभग ३.८ विलियन वर्षअघि पानी प¥यो । समुद्र बने । पानी पर्ने र समुद्र बन्ने घटना जीवनका लागि अर्को आधार बन्यो । समुद्र तल हाइड्रोजन, अक्सिजन, कार्बन, नाइट्रोजन आदिको संयोजन र प्रतिक्रियाबाट जीवनको सुरुवात भयो । यो शृङ्खलाको पहिलो जीवन जीवाणुका रूपमा भयो ।
हाम्रो शरीरमा पनि पृथ्वीमा जति मानिस छन्, त्योभन्दा बढी जीवाणु छन् । साढे दुई विलियन वर्षअघि ती जीवाण्ुामध्ये केहीले सूर्यको प्रकाश सेचन गरी शक्ति र ऊर्जा प्राप्त गर्न सिके । यसैबाट अक्सिजनको सिर्जना भयो । अक्सिजनको उत्पत्ति विकसित जीवनको लागि महŒवपूर्ण आधार थियो । समुद्रको पानी र त्यहाँका धातु मुख्यगरी फलामले अक्सिजनसँग प्रतिक्रिया गर्न थाल्यो । आजको फलाम खानीको जग त्यही हो । फलाम र अक्सिजनको प्रतिक्रियाबाट बन्यो फेरस अक्साइड । यसैक्रममा कपर पनि बन्यो । ५५० मिलियन वर्षअघि पृथ्वीमा १३ प्रतिशत अक्सिजन थियो । अक्सिजनले क्याम्ब्रियन विस्फोटन भनिने पृथ्वीमा जीवनको विस्फोटनको युगको सुरुवात ग¥यो । तर, यो पानीमा मात्र विकास भयो । धेरै समयसम्म जीवनमात्र पानीमा रह्यो । पछि एम्फिवियनहरू भ्यागुताजस्तै बिस्तारै जमिनमा अनुकूल हुन थाले । हाम्रा पुर्खाहरू पानीबाट जमिनमा बस्न थाले । घस्रेर हिँड्ने जीवको युग सुरु भयो । यो अर्को क्रान्तिको युग थियो ।
पृथ्वीमा जीवनको उत्पति
पृथ्वीमा जीवनको उत्पत्ति लगभग ३.६ अर्ब वर्ष अगाडि भयो । यो समय पृथ्वीको उत्पति भएको करिब दुई खर्ब वर्षपछिको हो । वैज्ञानिक ओपारिन, हाल्डिन, मिलर र उरेको परीक्षणले त्यतिबेलाको पृथ्वीको वायुमण्डलीय अवस्थामा जीवनको कसरी उत्पत्ति भयो भन्ने कुरालाई व्याख्या ग¥यो । पानी, ग्यास (अक्सिजन) को प्रतिक्रियाले यसको विकास ग¥यो । यसले चाल्र्स डार्विनको सिद्धान्तमा महŒवपूर्ण योगदान दियो । पछिल्लो समयमा डीएनए र जिनसम्बन्धी भएका खोज र विकासले उद्विकासको व्याख्या सहज बन्यो । यी सबै सिद्धान्तले डार्विनको सिद्धान्तलाई अझ बढी स्पष्ट, पूर्ण र वैज्ञानिक बनाउने कार्य ग¥यो । डार्विनले व्याख्या गरेझै मानव उत्पत्तिको सम्बन्ध बाँदर, वनमान्छे, गुरिल्लालगायतका विभिन्न प्राणीसँग छ । यी सबै प्राणीका पुर्खाहरू एउटै थिए भन्ने कुराका विभिन्न प्रमाणहरू फेलापरेका छन् । मुख्यगरी मानव पुर्खाका शारीरिक अवशेष तथा विगतमा विभिन्न समयमा फेलापरेका मानिसका पुर्खाले प्रयोग गरेका हातहतियार, भाँडाकुँडा, बासस्थान वा अन्य बासस्थानवरिपरि बनाएका कलात्मक कुराहरू आदिले मानव उद्विकासबारे प्रमाणहरू जुटाएका छन् ।

(लेखक प्राध्यापन पेशामा संलग्न हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?