logo
२०८१ मंसिर ९ आईतवार



भविष्य जोडिएको ‘बेल्ट एन्ड रोड’

विचार/दृष्टिकोण |




आशिष गजुरेल

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको औपचारिक भ्रमणका लागि शनिबार नेपाल आइपुग्नुभएको छ । राष्ट्रपति भएको दोस्रो कार्यकालमा हुन लागेको यो उहाँको पहिलो नेपाल भ्रमण हो । नेपालमा २३ वर्षपछि चीनका राष्ट्राध्यक्षको पहिलो भ्रमण पनि हो । हुन त यसअघि सीको पहिलो कार्यकालमै सन् २०१६ मा नेपालको भ्रमण गर्ने तिथिमिति तय भएको थियो । तर, नेपालको सङ्क्रमणकालीन राष्ट्रिय राजनीतिको बैठान भइनसकेको स्थितिमा भ्रमण हुन सकेन ।
यसपटक राष्ट्रपति सीको नेपाल भ्रमणसँगै दक्षिण एसियाको राजनीतिक विकासले कोल्टे फेर्ने आँकलन राजनीतिक बजारमा गर्न थालिएको छ । सीको भ्रमण नेपालमा यस्तो बेलामा भइरहेको छ, जहाँ विश्व राजनीतिका शक्तिराष्ट्र चीन र अमेरिकाले आफ्ना विश्व राजनीतिक रणनीति आक्रामक रूपमा प्रवेश गराइरहेका छन् । चीनले चिनियाँ अर्थ–राजनीतिको परम्परागत रणनीति ‘रेशम ार्ग’ (सिल्क रोड) को परिमार्जित संस्करण ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई विस्तारित गरिरहेको छ ।
उता, अमेरिकाले एसिया–प्यासिफिक कमान्डको रणनीतिलाई विस्तार र विकास गरेर हिन्द–प्रशान्त रणनीतिलाई आक्रामक रूपमा प्रस्तुत गरेको छ ।
बेल्ट एन्ड रोड
चीनले आफ्नो पूर्वाधार विकास गर्न र सामरिक महŒवका स्थल तथा जलमार्गबीच क्षेत्रीय ‘कनेक्टिभिटी’ (अन्तरआबद्धता) विस्तार गर्न ‘एक क्षेत्र एक सडक’ (वान बेल्ट वान रोड) अवधारणा अघिसारेको चार वर्ष भइसकेको छ । यो महŒवाकाङ्क्षी पहल वास्तविक रूपमै कसरी अघि बढ्ला र चीनले आफ्नो दिगो विकासको वाचा पूरा गर्ला कि नगर्ला ? भन्ने कुरा अझै प्रस्ट भइसकेको छैन । छ वर्ष अगाडि चिनियाँ राष्ट्रपति सीले प्रस्ताव गरेको बीआरआईमा हालसम्म १२६ देश र २९ अन्तर्राष्ट्रिय सङ्घ संस्थाले सहभागिताका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । यसमा नेपाल एउटा पक्ष देश हो । सन् २०१९ मा भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले नौवटा परियोजनासहित सहभागिता जनाउने प्रतिबद्धता जनाइसकेको छ । बीआरआईसँग प्रत्यक्ष सम्बन्धित ६५ देशसँग चीनले दौत्य समझदारीमा हस्ताक्षर गरिसकेको छ ।
चीन बुझाइ
चीनले समृद्धि एक्लैले प्राप्त गर्न नसक्ने कुरा बुझेर नै यो रणनीति ल्याएको हो । यो अन्तरआबद्ध विश्वमा एक्लै समृद्ध भएर दिगो बनाउन सकिँदैन । विश्व इतिहासमा यो नयाँ बुझाइ हो । चीन एक्लै समृद्ध भएर हुँदैन, छिमेकीसहित पूरै क्षेत्र समृद्ध हुनुपर्छ । यसरी समृद्धि आदान–प्रदान गर्न सकियोस् र बजार विस्तारित होस् । यस्तो कार्यक्रम सम्पन्न गर्न सशक्त आर्थिक तथा वित्तीय रणनीति, सुरक्षा संयन्त्र स्थापना गर्नुपर्छ । सामरिक सुरक्षाको आवश्यकता पनि एकदमै महŒवपूर्ण छ । आर्थिक रूपले आबद्धता र आदान–प्रदान बढ्दै गए सुरक्षासम्बन्धी शङ्का कम हुँदै जाने नै चीनको बुझाइ हो । एक–अर्कालाई विश्वास गर्ने, एक–अर्कालाई चिनेपछि सुरक्षा चासो पनि सम्बोधन हुने गर्छ । यिनै रणनीतिको प्रस्तावित व्यावहारिक अभ्यासले व्यवस्थापन गर्न पनि सहज हुनेछ ।
नेपाल बुझाइ
प्राध्यापक डा. पीताम्बर शर्माका अनुसार ‘चीन आफ्नो क्षेत्रमा प्रतिस्पर्धी नभएर एकप्रकारले विकासको सहयोगी राष्ट्रका रूपमा देखापरेको छ । यो राजनीतिक रूपमा नयाँ प्रकारको रणनीति हो । त्यसका लागि चीनले आफ्ना वित्तीय संस्थाहरूको निर्माण गरेको छ । त्यसमा ४० अर्ब अमेरिकी डलरको सिल्क रोड फन्ड राखेको छ । त्यसैगरी एसिया पूर्वाधार लगानी बैङ्क (एआईआईबी) यसैका लागि बनेको हो । यस योजनामा ब्रिक्स बैङ्कको क्षमता पनि जोडिन सक्छ ।’
चीनको सिल्क रोड फन्ड र एआईआईबी एक्लै छैन । विश्व बैङ्क, एसियाली विकास बैङ्क (एडीबी) सहित उनीहरू पनि यसैसँग जोडिएर काम गर्दै छन्् । भारतले सहुलियत ऋण प्राप्त ग¥यो । पाकिस्तानका पनि कतिपय संस्थाले सहुलियत ऋण प्राप्त गरे । ती ऋणहरू एडीबी, विश्व बैङ्कसँग सहवित्तीयकरणअनुसार प्राप्त भएको थियो । विश्व भूमण्डलीकरणअनुसारको वित्तीय संरचनाभित्र मिलेर कसरी काम गर्न सकिन्छ र आफ्नो कसरी काम गर्ने चाहना छ भन्ने चीनले देखाएको छ । भारतले अहिले जुन प्रकारको प्रतिक्रिया दिएको छ, ऊ पनि यो प्रक्रियाभित्रै पर्ने देखिन्छ । यसमा पस्ने बाटो भारतले पनि सिर्जना गर्दै छ ।
अन्त्यमा
जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई क्षेत्रीयमात्र होइन, अन्तर्राष्ट्रिय समृद्धिका लागि विकासका पूर्वाधार निर्माणको दिशामा उपयोग गरिनुपर्छ । सीको भ्रमण बीआरआई रणनीतिसँग अन्तरसम्बन्धित छ । चीनको आक्रामक रणनीतिभित्र नेपालको विकास र समृद्धिको आधार खोज्नु श्रेयष्कर हुनेछ । यो दुई छिमेकीको आवधिक भ्रमणमात्र होइन, विश्व राजनीतिक रङ्गमञ्चमा दक्षिण एसियाली देशको अबको भविष्यसँग गाँसिएको संवेदनशील विषय पनि हो ।

(लेखक त्रिविमा राजनीतिशास्त्रका विद्यार्थी हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?